२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

कोशीमा पानीको बहाव बढ्दैः राजविराज जलमग्न

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,३ कार्तिक । विगत दुई दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ ।

सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका कारण पानीको सतह बढ्दो क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ ।

आज बिहान १० बजे गरिएको मापन अनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले अझै पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको छ । नदीको पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् ।

पानीको बहाव बढेपछि आवश्यकता अनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले जनाएको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च देखिएको छ । नदीमा पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राजविराज जलमग्न

दुई दिनदेखि लगातार परेको वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सुन्दरी खोलामा यस वर्षकै सबैभन्दा बढी पानीको बहाव देखिएको कञ्चनरुप नगरपालिकाका राजकुमार साहले बताउनुभयो । उहाँले यस खोलामा आएको वर्षाको बाढीले केही घरमा पानी पसेको छ ।

यस्तै जिल्लाको खाँडो नदीमा बाढी आएको छ । उक्त नदीमा आएको बाढीका कारण सप्तरीको दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाका अधिकांश गाउँ डुवानमापर्ने खतरा रहेको गाउँपालिकाले जनाएको छ ।

बलान नदीमा लगातारको वर्षाले पानीको बहाव उच्च रहेको देखिएको छ । सो नदीमा राति अबेरसम्म ठूलो बाढी आउन सक्निे स्थानीयवासीले जनाएका छन् । मुलुककै पुराना नगरपालिकामध्येका राजविराज नगरपालिकामा सामान्य वर्षा हुँदा पनि जलमग्न हुने गरेको छ ।

ढल निकासको उचित व्यवस्था नहँुदा सामान्य वर्षामा पनि नगर क्षेत्रका सडक तथा बजार अहिले जलमग्न भएका छन् । दुई दिनदेखि हावाहुरीसँगै आएको लगातारको वर्षाले राजविराज नगरपालिकाका मुख्य सडक तथा बजार डुवानमा परेको स्थानीयवासीले बताएका छन् ।

अहिले वर्षाले अनुपराज धर्मशाला, राजविराज हटिया, राजविराजको खर्साल टोल, मिमाली टोल र सडक जलमग्न भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]