२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

उपेन्द्र यादवलाई गृह जिल्लामै दुर्व्यवहार ,सर्वसाधारणद्वारा कार्यक्रम वहिष्कार

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,३ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गृह जिल्लामै दुब्र्यवहार भएको छ । आक्रोसित स्थानीयवासीले यादवलाई ठग र लुटेराको संज्ञा दिएका छन् ।

जसपाले कार्तिक १ देखी ५ गतेसम्म आयोजना गरेको कार्यकर्ता भेटघाटको पहिलो दिन अर्थात १ गते छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा कार्यक्रमकोे आयोजना गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष उपेन्द्रसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य मनिष सुमन समेत उपस्थित थिए ।

कार्यक्रमको सञ्चालक किशोरकुमार यादब (केसी)ले कार्यक्रमको सुरुवात गरेपछि जव फ्लोर ओपन गरियो, तव स्थानीय कार्यकर्ता उपेन्द्र माथि खनिए । वोल्ने पालो पाएका स्थानिय रमेश सदाले सम्वोधन समेत नगरी उपेन्द्रको नाम लिएर मधेशलाई ठग्न र लुटन आएको बताए । सदाले अन्य तीन जनालाई पनि सोही आसयमा आरोप लगाएपछि हो–हल्ला सुरु भएको थियो ।

त्यसपछि उपेन्द्रका कार्यकर्ताले सदाले समाएको माईक खोसे । त्यसपछि कार्यक्रमको माहौल अझै उग्र भएको थियो । कार्यक्रम अब्यवस्थित हुन थालेपछि स्थानीय दलित समूदायका महिलाहरुले कार्यक्रम नै वहिस्कार गरेका थिए ।

दलित महिलाहरुले कार्यक्रम वहिस्कार गरेर हिडेपछि वाँकी रहेका नेता÷कार्यकर्ताहरुले गालिगलौज सुरु गरेका थिए । स्थानिय नेता तथा जनता समाजवादी पार्टीका जिल्ला इन्र्चाज समेत रहेका सत्यनारायण यादबले सदालाई निसाना बनाएर गालि गलौज गरेको दलित समुदायका ब्यक्तिहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]