१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

महुली नदि बाँधको ठोस मर्मत नहुँदा, स्थानियबासी समस्यामा

Logo
प्रकाशित बुधबार, कार्तिक ०३, २०७८

कमल कमार मण्डल
राजविराज, ३ कार्तिक । महुली नदिको बाँध भत्किदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहामा करिब ३ सय परिवार समस्यामा परेका छन् । देशभरिमा भएको बेमौसमी वर्षाका कारण नदिको जल सतह बढे पश्चात, बाँध भत्किदा वस्तीमा पानी पसेको हो ।
‘वर्षेनी यस्तो समस्या खेप्दै आएको’ स्थानीय जितेन्द्र यादवले भने- स्थानीय, प्रदेश र संघिय सरकारले एक अर्काका भरमा बस्दा ठोस पहल हुन सकेको छैन ।’
‘नदि किनारमै रहेका दलित समुदायका बासिन्दालाई कष्टकर अवस्था खेप्नु पर्ने’ अर्की स्थानीय मिना मल्लिकले भनिन् – ‘मंगलवार राति अचानक बाढी पस्दा, राति समेत खाना पकाउन सकिएन ।’ उनी थपिन-जनप्रतिनिधिले केही बोरामा माटो भरिएर बाँधलाई मर्मत गर्छन् तर, नदिमा पानी बढ्दा फेरि अवस्था उस्तै हुन्छन् । राहत स्वरुप च्युरा, भुजा दिएर हुदैन, हामीलाई अर्को ठाउँमा विस्थापित गर्नुस् कि ठोस बाँध निर्माण गर्नुस उनिहरुको माँग रहेका छन् ।
नदिमा बाढी आए मात्रै यहाँका सरोकारवाला जाग्छन्, कहिले बोरा, पाइलिंग लगायतका तत्कालीन समाधान खोज्ने गरेको प्रति सुरेन्द्र यादवले पिडा सुनाए । यता पटक पटक बाढी आएपनि ठोस मर्मत नगर्दा सोही ठाउँमा लगाइएको धानबाली, केरा खेती, आलु खेती समेत नष्ट भएको सोही वडाका अध्यक्ष विजय यादवले बताए ।
आज (बुधवार) सप्तरीका सिडियो जनार्दन गौतमसहितका टोलीले निरीक्षण गरेपश्चात तत्कालीन पानी रोक्ने कार्य गर्ने र सम्बन्धित निकायसँग समन्वय गरि छिट्टै ठोस मर्मत गर्ने निर्णाय भएको उनले जानकारी दिएँ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]