०२ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

भ्रष्टाचार विरुद्ध आन्दोलनका १७ जना आनदोलनकारीमाथि मुद्दा दर्ता,रिहाको माग गर्दै प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका १७ जना नेताहरुविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त
जनताले कार्यालय प्रमुख कुशवाहालाई जनकारवाही कपडा खोलेर गर्दै नगर परिक्रमा गराएका थिए ।

उनीहरुले कपडा निकालेर नगर परिक्रमा गराएपछि नगरपालिकालाई बुझाएको थिए ।

भ्रष्टाचार विरुद्धको आनदोलनका १७ जना आन्दोलनकारीमाथि सो घटनामा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतका अनुसार उक्त जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहा, विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विजय कुमार यादव , दुर्योधन यादव, प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो,नेता सञ्जय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, सञ्जय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डलविरूद्ध मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेका भ्रष्टाचार विरुद्ध अभियानका अभियानीहरुलाई रिहाईको माग गर्दै जनकपुरमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेको हो ।

उनीहरुले भ्रष्टाचारीलाई कारवाही गर ,जनमत पार्टी जिन्दावाद ,पक्राउ परेका भ्रष्टाचार विरुद्धका अभियानिहरुलाई रिहा गर ,डा सीके राउत जिन्दाबाद जस्ता नाराहरु लगाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]