१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमत पार्टीको प्रभावः काम नगर्ने हाकिमहरुलाई कारवाहीको पत्र काट्दै

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ कार्तिक । डा.सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले काम नगर्ने र भ्रष्टाचार गर्ने जनप्रतिनिधि तथा प्रशासकहरुलाई कारवाही स्वरुप ‘जनकारवाही’ अभियान चलाएपछि विभिन्न कार्यालयका प्रमुखहरुले धामधम काम अगाडि बढाएका छन्।

जनमत पार्टीका कार्यकर्ताहरुले विहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुसवाहालाई जनकारवाही गरेपछि अन्य कार्यालयका प्रमुखहरु काम अगाडि बढाउन सक्रिय भएका छन्।

विहीबारको कारवाहीबाट प्रभावित बनेको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले शुक्रबार ठेक्केदारलाई तीन दिने अल्मिेटमसहितको पत्र काटेको छ।

सप्तरीको राजविराज नगरपालिका २ मा महिनौंदेखि निर्माणाधिन सडकको काम अलपत्र छोडेका ठेक्केदारलाई शुक्रबार का.मु.आयोजना प्रमुख सुरेन्द्र कुमार साहले कारवाही गर्ने चेतावनीसहितको पत्र काटेको हो।

उक्त सडक निर्माणको काम पुरा गर्न जनमत पार्टी सप्तरीले कार्यालयलाई आग्रह गरेको थियो।

आयोजनाका का.मु.प्रमुख साहले काटेको पत्रमा ठेक्केदार कान्छाराम/डाँफे जे.भिलाई तीन दिनभित्र अलपत्र काम पुरा गर्न भनिएको छ। काम पुरा नगरेको खण्डमा जमानत तथा अग्रिम जमानतको रकम झिकाई कारवाही गर्ने चेतावनी दिइएको छ।

यससँगै सप्तरीका अन्य कार्यालयहरुलाई पनि पत्राचार गरिएको र उनीहरुले पनि छिटोछिटो रिस्पोन्स गरिरहेको जनमत पार्टीका नेताहरुले जनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]