१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

जनमतको नेता कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । पक्राउ परेका आफ्ना कार्यकर्ताकोई रिहाइको माग गर्दै जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ ।

बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिई कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएको छ ।

मुद्दा चलाएकालाई बिनाशर्त रिहाइको माग गर्दै जनमतका कार्यकर्ताहरूले शुक्रबार जनकपुरमा प्रदर्शन गरेका हुन् ।

कार्यकर्ताहरूको रिहाइको माग गर्दै जनमत पार्टीले शुक्रबार गाउँगाउँबाट सयौँ कार्यकर्ता जनकपुरमा उतारेर प्रदर्शन गरेको हो ।

प्रदर्शनमा जनमत पार्टीका हजारौं नेता कार्यकर्ताहरू सहभागीता रहेको थियो।

प्रहरीले आन्दोलनमा आएका आन्दोलनकारीहरुको करिब एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]