०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

अब मेयर ,सांसद र मन्त्रीलाई पनि जनकारवाही गर्ने डा सीके राउतको चेतावनी

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०५, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,५ कार्तिक । डा सिके राउत नेतृत्वको जनमत पार्टीले अब मेयर, सांसद र मन्त्रीहरुलाई पनि जनकारवाही गर्ने चेतावनी दिएको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले आज बिहान समाजिक संजालमार्फत् अब मेयर, सांसद र मन्त्रीलाई पनि जनकारबाही गर्ने चेतावनी दिएका हुन् ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई अर्धनग्न गरी बजार घुमाएपछि उनले फेसबुकमा लेखेका छन्, ‘जनतामा धेरै डिमान्ड छ, मेयरको, मेयर मात्रै हैन, सुध्रेनन् भने सांसद र मन्त्रीमाथि पनि जन कारबाही हुनेछ।

यस्तै, अध्यक्ष राउतले कारबाहीको लागि हिजो जनताले जनकपुरका मेयरलाई नै खोजेको, तर उनले भागेर ज्यान जोगाएको दाबी गर्दै लेखेका छन्, ‘हिजो जनताले मेयरलाई नै खोजेका थिए । तर मेयरले लुकेर ज्यान जोगाए।’

आफू पहिले गालामा थप्पड हान्न दिने र बदलामा फूल दिने स्वतन्त्र मधेश गठबन्धनका संयोजक भएको भन्दै उनले अघि लेखेका छन्, ‘जनमत पार्टी स्वतन्त्र मधेश गठबन्धन होइन । स्वतन्त्र मधेश गठबन्धनका आफ्नै लक्ष्य र सिद्धान्त थिए । जनमत पार्टीको आफ्नै छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]