१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

जनमत पार्टीले नेताहरुको रिहाई गर्न माग गर्दै बालियो मधेशमा मशाल

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ कार्तिक ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ ।

जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख जागेश्वर कुशवाहालाई जनकारबाही गरेको आरोपमा जनमत पार्टी १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरी हिरासतमा रहेका नेता कार्यकर्तालाई बिनाशर्त रिहा गर,भ्रष्टाचारलाई कारबाही गर,भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी मुर्दाबाद जस्ता नारा लगाउदै जनमत पार्टीले धनुषाको कमला नगरपालिकासहित मधेसका विभिन्न पालिकामा मशाल जुलुश निकालेको हो ।

कमला नगरपालिकामा निकालेको मशाल जुलुशमा सो पार्टीका सयौं कार्यकर्ता सहभागी थिए ।

भ्रष्टाचारको आरोपमा बुधवार कार्यालय प्रमुख कुशवाहालाई आक्रोशित जनताले जनकारबाही स्वरुप हिलो दलेर बजार घुमाएका थिए ।

पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा नगरे जनमत पार्टीले विशाल आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]