२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनमत पार्टीले नेताहरुको रिहाई गर्न माग गर्दै बालियो मधेशमा मशाल

Logo
प्रकाशित शनिबार, कार्तिक ०६, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,६ कार्तिक ।पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै डा. सीके राउत नेतृत्वका जनमत पार्टीले आज साँझ मधेसका जिल्लाहरूमा मशाल जुलुश निकालेको छ ।

जनकपुरमा संघीय खानेपानी तथा ढल निकास आयोजना कार्यालयका प्रमुख जागेश्वर कुशवाहालाई जनकारबाही गरेको आरोपमा जनमत पार्टी १७ कार्यकर्तालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

प्रहरी हिरासतमा रहेका नेता कार्यकर्तालाई बिनाशर्त रिहा गर,भ्रष्टाचारलाई कारबाही गर,भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी मुर्दाबाद जस्ता नारा लगाउदै जनमत पार्टीले धनुषाको कमला नगरपालिकासहित मधेसका विभिन्न पालिकामा मशाल जुलुश निकालेको हो ।

कमला नगरपालिकामा निकालेको मशाल जुलुशमा सो पार्टीका सयौं कार्यकर्ता सहभागी थिए ।

भ्रष्टाचारको आरोपमा बुधवार कार्यालय प्रमुख कुशवाहालाई आक्रोशित जनताले जनकारबाही स्वरुप हिलो दलेर बजार घुमाएका थिए ।

पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिना शर्त रिहा नगरे जनमत पार्टीले विशाल आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]