०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

जनकपुर – जयनगर रेलको लिक कमला नदिको बाढीले भत्काए

Logo
प्रकाशित सोमबार, आषाढ ३०, २०७६

जनकपुरधाम । जनकपुर-जयनगर रेलको लिक कमला नदीको बाढीले भत्किएको छ। लगातार एक हप्ताको वर्षापछि कमला नदीमा आएको उच्च पानीको बहाबले तटबन्ध तोडेर रेलको लिक भत्काएको छ।

धनुषाको पुर्वि जनकनन्दनी गाउँपालिका-१ इनरबा टोलमा कमला नदिमा बाढी आएपछिको पानीले रेल्वे लिक भत्काएको रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनियर विनोज ओझाले बताएका छ्न। जयनगर-जनकपुर रेलको लिकमाथि करिब ५ फिटसम्म पानी तीव्र रुपमा प्रवाह हुन थालेपछि करिब ६० देखि ७० मिटरसम्मको लिकमा क्षति पुगेको ओझाले जानकारी दिएको छ।

इनर्वाबाहेक महोत्तरीको खुट्टापिपडाढीमा समेत बाढीले लिक ट्रयाक बगाएको छ। बाढीले रेलको ट्रयाक बगाएको बारे आफूहरुले भारतीय पक्षलाई जानकारी गराइसकेको ओझाले बताए। अत्याधिक वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको कुर्था स्टेशनको पर्खालसमेत भत्किएको छ। बाढीबाट भएको क्षतिबारे अनुगमन तथा निरीक्षण कार्य भइरहेको उनले बताए।

बहुप्रतीक्षित जयनगर-जनकपुर रेल सेवा असोजदेखि नै सञ्चालनको तयारी थियो। रेल विभागले भारतको कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग रेल खरिद सम्झौतासमेत गरिसकेको छ। ८५ करोड रुपैंयाँको दुईवटा इन्जिनसहित दुई रेल खरिद गरिने जनाइएको छ। रेल्वे परियोजनामा भारत सरकारको करिब १० अर्ब लगानी छ। बाढीले लिक भत्काएपछि रेल सञ्चालनको लक्ष्य समयमै बन्ने अवस्था छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]