१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान विजय

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

राजविराज, ७ कात्तिक । मिथिला कप टी–ट्वाइन्टी क्रिकेट प्रतियोगीताको पहिलो खेलमा लहान क्रिकेट कल्ब सिरहाले २० रनले जित हाँसिल गर्न सफल भएको छ ।
सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदानमा आज (आइतवार) देखी सञ्चालन भएको खेलमा लहान क्रिकेट कल्ब, सिरहा र फुलबारी क्रिकेट कल्ब, सुनसरी बिच प्रतिस्पर्धा भएको युवा शक्ति कल्ब विष्णुपुरले जनाएको छ ।
सिरहा क्रिकेट टिमले टस जितेर ब्याटिङ गरी सम्पुर्ण ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ६ रन बनाइएको खेलको प्राविधिक उदित यादवले जानकारी दिए ।
सोही खेलको प्रतिस्पर्धी १०७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको फुलवारी क्रिकेट कल्ब सुनसरीले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा १० विकेट गुमाएर ८६ रन मात्र बनाएर आफ्ना लक्ष्य पुरा गर्न नसक्दा पराजित भए ।
आजको खेलको म्यान अफ द म्याच सिरहा टिमका कुस मण्डललाई दिएको हो । उनी ४१ बलमा ३८ रन बनाएर रनआउट भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]