०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

कांग्रेसले वडाअध्यक्ष जितेको नतिजा चार वर्षपछि स्वतन्त्रका राय विजय

Logo
प्रकाशित आइतबार, कार्तिक ०७, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,७ कार्तिक। स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि महोत्तरीको एक स्थानीय तहको मत परिणाम उल्टिएको छ ।

महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं १० अध्यक्षको मतपरिणाममा चार वर्षपछि उल्टिएको हो ।

चार वर्षअघि विजयी भएका अरुणकुमार चौधरीले कुर्सी छाड्नुपरेको छ । नेपाली कांग्रेसबाट त्यतिबेला विजयी बनेका चौधरीको ठाउँमा एक वर्षका लागि रमेशकुमार राय आएका छन् ।

अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार राय विजयी भएका छन् ।

उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीले २६७ मत ल्याए । २६९ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित बने ।

०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको सार्वजनिक गरिएको थियो । बराबर मत आएपछि गोलाप्रथा गरी कांग्रेसका चौधरीलाई विजयी गराइएको थियो ।

त्यतिबेला तर, धाँधली भएको भन्दै स्वतन्त्र उम्मेदवार रायले उजुरी दिएका थिए । अदालतमा दिएको उजुरीअनुसार पुनः मतगणना हुँदा रायले जितेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]