२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

जनमतका नेताको मोटरसाइकल आगजानी गर्ने युवक प्रहरीको फन्दामा

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

न्यूजमधेश डेस्क
सिरहा,८ कार्तिक । डा सीके राउत नेतृत्वका जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलको मोटरसाइकलमा आगो लगाउने युवा प्रहरीको फन्दामा परेको छ।

सिरहाको मिर्चैया नगरपालिका १० का जनमत पार्टीका केन्द्रिय सदस्य मण्डलको स. ४ प ४३३७ नम्वरको मोटरसाइकलमा आगजानी गरेको आरोपमा स्थानीय ३३ वर्षिय दिपक साहलाई प्रहरीले आईतबार बेलुका पक्राउ गरेको हो ।

मण्डलले आफ्नै घर अगाडि रहेको सार्वजानिक भवनमा पार्किङ गरी राखेको मोटरसाइकलमा गत असोज २६ गते राति आगजानी भएको थियो ।

पक्राउ परेका साहले व्यक्तिगत रिसिविका कारण पेट्रोल छर्केर आगजानी गरेको प्रहरी सामु स्वीकार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

साहमाथि मण्डलले दिएको किटानी जाहेरीको आधारमा खोज तलास गर्दैजाँदा मिर्चैया ५ संस्थान चौकबाट तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको साहमाथि आजै साहमाथि अपराधिद उपद्रव गरेको कसूरमा म्याद थपगरी आवश्यक अनुसन्धान अगाडी बढाउने प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]