१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

पूर्व मन्त्री अरगरिया जसपाका प्रभावशाली नेतालाई भित्र्याए लोसपामा

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ कार्तिक । धनुषामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिको आकर्षण बढ्दै गएको छ । पछिल्लो पटक यो पार्टीमा प्रवेश गर्नेहरुको संख्या बढ्न थालेको छ ।

पूर्व मन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरिया आफ्नो क्षेत्रमा सकृय रहँदै संगठन बनाउन लागिपरेका छन् ।

उनी आफ्नो संगठनलाई सकृय बनाउने क्रममा आईतबार झण्डै सय जनालाई पार्टी प्रवेश गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रिय वरिष्ठ नेता एवं पूर्व मन्त्री शरदसिंह भन्डारीको उपस्थितिमा अरगरियाले जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेतालाई लोसपामा भित्र्याएका छन् ।

धनुषा क्षेत्र नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) का प्रभावसाली नेता रामकुमार यादवसहित रन्दिप गोइत, उपेन्द्र यादव, राजेश ठाकुर लगायत लोसपमा प्रवेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]