०२ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस: जनमत पार्टी

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

राजविराज, ८ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरी सदरमुकाम राजविराजमा सिटी जुलुस पर्दर्शन गरिएको छ ।
राजविराज स्थित रहेको पार्टी कार्यालयबाट निकालिको र्‍याली बजारको विभिन्न ठाउँ परिक्रमा गर्दै शिव मन्दिरको प्रागंणमा कोण सभामा परिणत गरिएको थियो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (सोमवार) सिटी जुलुस आयोजना गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् ।
सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब तथा निःशर्त रिहाईगर्न वक्ताहरुले जोड दिए । भ्रष्टाचारको आरोप लगाउदै भ्रष्टाचारीहरु राजिनामा दे, जनता राज- जिन्दाबाद, हाम्रो माग -पूरा गर लगायतका नाराहरुसमेत लगाएका थिए ।

यता भ्रष्टाचारको विरुद्धमा आवाज उठाएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषा स्थित प्रहरीले १७ जना कार्यकर्तामाथि झुठ्ठा मुदा गरि नियन्त्रणमा राखिएको पार्टीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्लाबाट विभिन्न स्थानिय तहबाट आएका ५ सय भन्दा बढी नेता, कार्यकर्ताहरुको सिटी जुलुसमा सहभागीता रहेको जनमत पार्टी सप्तरीले जनाएको छ । भोली (मंगलवार) पालीकामा माइकिंङसहित बाइक र्‍याली गर्ने कार्यक्रम रहेको सचिव साहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]