२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

प्रदेश सरकारलाई नै हटाउने डा सीके राउतको चेतावनी

Logo
प्रकाशित सोमबार, कार्तिक ०८, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,९ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएका छन ।

सोमबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज डा. सिके राउत सचिवालय मार्फत, पक्राउ परेको आफ्नो १७ जना कार्यकर्ताहरुलाई अविलम्ब रिहा नगरे प्रदेश नं २ सरकारविरूद्ध आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन ।

डा.राउतले, हिरासतमा रहेको आफ्ना कार्यकर्ताहरुलाई यातना दिईरहेको र भेटघाटसमेत गर्न नदिईरहेकोले, आब प्रदेश सरकारबिरुद्ध प्रदर्शनमा उत्रिने उल्लेख गरेका छन । डा. राउतले हिरासतमा रहेका कार्यकर्ताहरुका गाउँका सबैलाई आन्दोलनको तैयारी गर्न आव्हान गरेका छन ।

उहाँले लेखेका छन ‘प्रदेश नं. २ का मुख्यमन्त्रीरमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर पक्राऊ गरेका १७ नायकहरूलाई हिरासतमा यातना दिने र मधेशी जनताको आन्दोलनमाथि चरम दमन गर्न निर्देश दिएको सूचना प्राप्त भएको छ। यदि पक्राऊ परेका १७ आन्दोलनकारी मधेशका नायकहरू रिहा भएन र मधेश आन्दोलनमाथि दमन भयो भने, प्रदेश नं. २ सरकारका छोटे-राजारजौटाहरूको हालत जनताले फ्रान्सेली क्रान्तिमा जस्तै गर्ने हो कि भन्न सकिन्न। आखिर जनता त जनता न हुन्। प्रदेश नं. २ सरकारविरूद्ध पनि आन्दोलन शुरु हुन सक्छ।

तपाईंहरूलाई सेना प्रहरीको घेरामा बस्दा बस्दा धेरै घमण्ड भएको होला, तर २/२.५ लाख सेना प्रहरीले तीन करोड़ जनतालाई रोक्न सक्छरु जनताले चाह्यो भने यहीं जनकपुरमा १५ मिनेटभित्र जस्तोसुकै सुरक्षा घेराभित्र जनकारबाही गर्न सक्छ। अरू कुरा छोड्नोस्, हिरासतमा रहेका १७ जना आन्दोलनकारीको १७ गाउँबाट मात्रै मान्छे ओर्लियो भने सारा सुरक्षा निकाय असफल हुनेछ। त्यसो त डा. साहबको निर्देशले उनीहरूको हात बाँधिएको थियो, नभए यी युवाहरूमा कुन रगत बग्छ थाहै छ होला। जुन दिन डा। साहब उनीहरूको हात बाँध्न र संयम हुन निर्देश दिन यहाँ हुने छैन, त्यो दिनको परिकल्पना नगर्दा नै वेश। सत्ताको धेरै घमण्ड नपालौं, राजनैतिक सत्ता अस्थायी हुन्छ।

नोटस् : मुख्यमन्त्री र सत्ताधारी पार्टी जसपा को निर्देशनमा प्रहरी हिरासतमा यातना भोगिरहेका र भेटघाट समेतबाट बंचित गरिएका सबै आन्दोलनकारीहरूको गाउँका सबैले (सबै पार्टी, सबै पक्ष) समेतले आन्दोलनको तैयारी थाल्नोस्। रिहा गरेन र यातना दिइराख्यो भने ३मुख्यमन्त्रीको ३घेराऊ गर्नुपर्ने र प्रदेश सरकारलाई नै हटाउनु पर्ने हुनसक्छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगो लागेको छ । हवन गर्ने मुख्य मण्डपमा आगो लागेपछि महायज्ञमा सहभागी श्रद्धालु तथा सर्वसधालणको भागाभाग मचेको छ । भागदौड मच्दा एक महिला लडेर घाइते भएकी छन् । स्थानीयले उपचारका लागि अस्पताल लगिएको छ । हवन मण्डपमा बाँस […]

जनकपुरधाम । गजेन्द्रनारायण सिंह स्मृति भवन तथा संग्राहलयको भवनको जनमत पार्टी मधेश प्रदेस संसदीय दलको नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादवले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । राजविराज नगरपालिका-२ मा निर्माण गर्न लागिएको सो भवन तथा संग्रहालयको मधेश प्रदेस सभा सदस्यसमेत रहेका यादवले शुक्रबार शिलान्यास गरेका हुन् । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आफ्नो […]

काठमाडौं। नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटिएको बताएको छ। संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखक सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिएका हुन्। उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको […]