०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

कार्यकर्ताहरुको रिहाईको माँग गर्दै जनमत पार्टीको मोटरसाइकल र्‍याली

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

राजविराज, ९ कात्तिक । जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सप्तरीका विभिन्न स्थानिय तहमा माइकिंङसहित मोटरसाइकल र्‍याली पर्दर्शन गरिएको छ ।
१८ औ पालिकामा आयोजना गरिएको बाइक र्‍यालीमा पार्टीका नेता, कार्यकर्ताहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (मंगलवार) उक्त कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
बिहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् ।
सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब तथा निःशर्त रिहाईगर्न माँग गर्दै भ्रष्टाचारको आरोप लगाउदै भ्रष्टाचारीहरु राजिनामा दे, जनता राज– जिन्दाबाद, हाम्रो माग –पूरा गर लगायतका नाराहरुसमेत लगाएका थिए ।
यता भ्रष्टाचारको विरुद्धमा आवाज उठाएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषा स्थित प्रहरीले १७ जना कार्यकर्तामाथि झुठ्ठा मुदा गरि नियन्त्रणमा राखिएको पार्टीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]