२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

पूर्वराज्यमन्त्री मण्डलले फिर्ता गरेनन् फ्रिज र वासिङ्ग मेसिन, जनकारवाहीको सम्भावना

Logo
प्रकाशित मंगलबार, कार्तिक ०९, २०७८

न्यूजमधेश डेस्क

जनकपुरधाम,९ कार्तिक । काम गर्न नसकेको भन्दै नालायक घोषणा गरी पदच्युत गरिएका प्रदेश २ का उद्योग, वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गरेका छैनन्।

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बाट प्रदेश २ को राज्यमन्त्री भएका मण्डललाई उपेन्द्र यादव समूहले काम कार्यक्षमता अभाव अर्थात नालायक रहेको भन्दै कारवाही गरी सरकारबाट हटाएको थियो।

मण्डललाई राज्य मन्त्रीबाट पदत्युत गरिएपनि उनले जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन मन्त्रालयको स्टोर शाखामा नबुझाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको स्टोर शाखाका अनुसार पूर्वराज्य मन्त्री मण्डललाई मन्त्री क्वाटरमा प्रयोगका लागि खरिद गरिदिएको फ्रिज र वासिङ्ग मेसिन फिर्ता गर्न बारम्बार ताकेता गरेपनि हालसम्म उनले फिर्ता गरेको छैन। जनताको करबाट खरिद गरिएको सामान फिर्ता नगरी अन्यत्रबाट पैसा मिलानी गरिदिन मन्त्रालयका विभिन्न कर्मचारीलाई मण्डलले दबाब दिएको मन्त्रालय स्रोतको दाबी छ।

मन्त्रालयका एक कर्मचारीका अनुसार मण्डलले कर्मचारीहरुलाई धम्की दिदै भनेका छन्,‘त्यो सामानहरुको रकम अन्यत्रबाट मिलाउ। मलाई उपेन्द्र यादवले पुनः मन्त्री बनाउँदैछ। मैले हेर्दैछु तिमीहरुले अटेर गर्दैछौ। म फेरी मन्त्री हुँदैछु तिमीहरु विचार गर है।’
सिरहाको लहानमा वन कार्यालयबाट प्राप्त पेट्रोल आफ्नो गाडीमा नहाली पेट्रोलको कुपन बेचेको भन्दै पूर्वराज्यमन्त्री मण्डल विवादमा परेका थिए।

यसैबीच सिरहा कल्याणपुरका सन्तोष मण्डलले पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाहीको चेतावनी दिएका छन्। जनताको करबाट खरिद गरिएको फ्रिज र वासिङ्ग मेसिन प्रदेश २ सरकारलाई फिर्ता नगरिए पूर्वराज्यमन्त्री मण्डललाई जनकारवाही गर्ने चेतावनी उनले दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]