१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

शम्भुनाथमा जनमत पार्टीको अधिवेशन सम्पन्नः अध्यक्षमा संजिव

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

राजविराज, १० कातिक । सप्तरीको शम्भुनाथ नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन मंगवार सम्पन्न भएको छ ।
सोही नगरपालिका वडा नम्बर ३ स्थित शम्भुनाथ मन्दिरको प्रांगनमा आयोजना गरिएको कार्यक्रममा २३ सदस्यीय नगर समिति गठन गरिएको हो ।
सोही नगरपालिकाको जनमत पार्टीको अध्यक्षमा संजिव कुमार साह, उपाध्यक्षमा मुन्द्रिका देवी राम, सचिवमा शसिन्द्र भगत, सह–सचिवमा विनोद मण्डल, कोषाध्यक्षमा दिप नारायण साहलाई चयन गरेका छन् ।
यसै गरी विन्देश्वर साह, सुकन राम, सुचिता यादव, पिंकी मण्डल, लिला देवी राउत, चनौरा सदा, राजदेव मण्डल, सिकिन्द्र मुखिया, दुर्गा दास सदस्यमा रहेका छन् ।
त्यसै गरि महिनरायण सदा, रजो देवी यादव, संगिता देवी पासवान, दुवी लाल सरदार, शुशिला साह, संतोष भगत, रासलाल पाल, फुलोदेवी मण्डल र सुर्य नारायण साह रहेको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।
जनमत पार्टीको केन्द्रिय उपाध्यक्ष बबिता ईसरको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष ई. बसन्त कुमार कुशवाहा, केन्द्रिय सदस्य मदनेश चौधरी तथा सप्तरीका पार्टी आवद्ध नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]