१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

चौथो दिनको पहिलो चरणमा सप्तरी विजय: मिथिला कप क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो ।
सप्तरीले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ४ विकेट गुमाउदै १ सय ५५ रन बनाए । जसमा आशिष झाले ६४ रन, देब खनाल ३८ रन र राहुुल मण्डलले १७ रन बनाएर सप्तरी टिमलाई योगदान दिए ।
यता महोत्तरी टिमका बिवेक कोईराला २ विकेट, हरे कृष्ण झा । राहुल प्रताप सिंह १/१ विकेट हात पारे ।
सोही खेलको प्रतिस्पर्धीे १ सय ५६ रन बनाउने लक्ष्य लिएर मैदनमा उत्रेका महोत्तरी टिमले १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रन मात्र बनाएर पराजित भएको खेलका प्राविधिक उदित यादवले बताए । हरेकृष्णा झा २४ रन, राजकुमार सहनी २० रन, सुनिल कापर २३ रन बन बनाएर महोत्तरी टिमलाई योगदान दियो ।
यता सप्तरी टिमका बिवेक यादव ५ विकेट, अनिल खरेल २ विकेट, किशोर महतो, बसीर अहमद, मिकु मण्डलले १/१ विकेट हात पार्न सफल भए ।
दोश्रो चरणको खेल रौतहट र सप्तरी बिच खेल भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]