१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

चौथो दिनको पहिलो चरणमा सप्तरी विजय: मिथिला कप क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

राजविराज, १० कात्तिक । मिथिला कप क्रिकेट प्रतियोगीताको चौथो दिनको पहिलो चरणको खेलमा सप्तरी विजय भएका छन् ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदमा युवा शक्ति क्लव विष्णुपुरले आयोजना गरेको प्रतियोगितामा बुधवार पहिलो चरणको खेलमा बजाज युथ क्रिकेट एकेडेमी, सप्तरी र नरेश सिंह क्रिकेट एकेडेमी, महोत्तरी बीच प्रतिस्पर्धा भएको थियो ।
सप्तरीले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ४ विकेट गुमाउदै १ सय ५५ रन बनाए । जसमा आशिष झाले ६४ रन, देब खनाल ३८ रन र राहुुल मण्डलले १७ रन बनाएर सप्तरी टिमलाई योगदान दिए ।
यता महोत्तरी टिमका बिवेक कोईराला २ विकेट, हरे कृष्ण झा । राहुल प्रताप सिंह १/१ विकेट हात पारे ।
सोही खेलको प्रतिस्पर्धीे १ सय ५६ रन बनाउने लक्ष्य लिएर मैदनमा उत्रेका महोत्तरी टिमले १९ ओभर ३ बलमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रन मात्र बनाएर पराजित भएको खेलका प्राविधिक उदित यादवले बताए । हरेकृष्णा झा २४ रन, राजकुमार सहनी २० रन, सुनिल कापर २३ रन बन बनाएर महोत्तरी टिमलाई योगदान दियो ।
यता सप्तरी टिमका बिवेक यादव ५ विकेट, अनिल खरेल २ विकेट, किशोर महतो, बसीर अहमद, मिकु मण्डलले १/१ विकेट हात पार्न सफल भए ।
दोश्रो चरणको खेल रौतहट र सप्तरी बिच खेल भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]