०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ढल्केवरमा मोटरासइकल जुलुस

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० कार्तिक ।डा.सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।

जनमत पार्टी मिथिला नगरपालिकाका अध्यक्ष सरोज कुमार सिंहको अगुवाइमा मोटरसाइकल जुलुस निकालिएको छ।

उनीहरु आफ्ना नेताकार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार मंगलबार मिथिला नगरपालिकाको ढल्केबरसहित प्रदेश २ का जिल्लाहरुमा जनमत पार्टीले प्रदर्शन गरेको हो ।

भ्रष्टाचारीलाई कारबाही गर, झुठा मुद्दा खारेजज गर, डा. सिके राउत जिन्दावाद सहितका नेताकार्यकर्ताहरुले नगरपरिक्रमा गरेका थिए ।

गएको बिहीबार जनकपुरधाम स्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित प्रमुख राजेश कुशवाहामाथि जनकारबाही गरेपछि १७ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]