१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

सप्तरीको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन : जनमत पार्टी (तस्विरहरु)

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

राजविराज, १० कातिक । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणा गरिएको बमोजिम आज (बुधवार) पनि सप्तरीका विभिन्न स्थानिय तहमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
सप्तरीको १८ औ पालिकाको टोल टोलमा आयोजना गरिएको मशाल जुलुस तथा कोण सभामा पार्टीका नेता, कार्यकर्ता साथै स्थानियवासीहरुको उत्साहजनक सहभागीता रहेको थियो । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डलल (किसान) ले जानकारी दिए ।
गत बिहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् ।
सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब तथा निःशर्त रिहाईगर्न माँग गर्दै भ्रष्टाचारको आरोप लगाउदै भ्रष्टाचारीहरु राजिनामा दे, जनता राज– जिन्दाबाद, हाम्रो माग –पूरा गर लगायतका नाराहरुसमेत लगाएका थिए ।
यता भ्रष्टाचारको विरुद्धमा आवाज उठाएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषा स्थित प्रहरीले १७ जना कार्यकर्तामाथि झुठ्ठा मुदा गरि नियन्त्रणमा राखिएको पार्टीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]