२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

धनुषाका १०१ वडामा भ्रष्टाचार विरुद्ध जनमत पार्टीको मशाल जुलुस

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध बुधबार धनुषाको १०१ वडामा मशाल जुलुस प्रदर्शन गरेको छ ।

जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाका १०१ वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए ।

उनका अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

उनिहरु ‘भ्रष्ट सरकार मुर्दाबाद,हाम्रो माग पूरा गर,हाम्रो कार्यकर्तालाई रिहा गर,जनमत पार्टी जिन्दावाद ,डा सीके राउत जिन्दावाद ,भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नाराहरु लगाएको थिए।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेपछि प्रहरीले जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

आमजनता र जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई जनकारबाही स्वरुप हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]