२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

धनुषाका १०१ वडामा भ्रष्टाचार विरुद्ध जनमत पार्टीको मशाल जुलुस

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१० कार्तिक।डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध बुधबार धनुषाको १०१ वडामा मशाल जुलुस प्रदर्शन गरेको छ ।

जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाका १०१ वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए ।

उनका अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

उनिहरु ‘भ्रष्ट सरकार मुर्दाबाद,हाम्रो माग पूरा गर,हाम्रो कार्यकर्तालाई रिहा गर,जनमत पार्टी जिन्दावाद ,डा सीके राउत जिन्दावाद ,भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नाराहरु लगाएको थिए।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेपछि प्रहरीले जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

आमजनता र जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई जनकारबाही स्वरुप हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]