०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

प्रहरी हिरासतमा रहेका जनमतको नेतालाई रिहाको माग गर्दै सिरहामा मशाल जुलुस

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१० कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तालाई रिहाको माग गर्दै सिरहाको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन गरिएको छ।

बुधबार बेलुका जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

जनमत पार्टीका उपाध्यक्ष पंकज कुमार सिंहका अनुसार सिरहाका प्रत्येक स्थानीय तहको वडा स्तरीयमा भ्रष्टाचारीलाई कारबाही गर्न र पक्राउ परेका नेता कार्यकर्तालाई रिहाको माग गर्दै मशाल जुलुस निकालिएको थियो ।उनले भने,स्थानीय प्रहरीले मशाल जुलुस विथोल्ने प्रयास गरेको थिए।तर उनिहरुलाई आफ्ना नेता कार्यकर्ताहरुले कार्यक्रम विथोल्न असफल गरेको हो।

अब जनस्तरमा भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु भैसकेको छ।प्रहरीले शान्तिपुर्ण आन्दोलनलाई विथोल्ने प्रयास गर्छ ,भने जनस्तरबाटै प्रतिकार हुने चेतावनीसमेत दिएका छन।

गत विहिबार जनकपुरधामको पिडारी चौकस्थित रहेका खानेपानी तथा ढल निकास आयोजना कार्यलयका प्रमुख ई राजेश कुशवाहालाई आमजनसमुदायले जनकारबाही गरेपछि जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहासहित १७ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो।

पक्राउ परेका नेता कार्यकर्तालाई नि:सर्त रिहा गर्न माग गर्दै मधेशको गाउँ गाउँमा प्रदर्शन भैरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]