१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

प्रहरी हिरासतमा रहेका जनमतको नेतालाई रिहाको माग गर्दै सिरहामा मशाल जुलुस

Logo
प्रकाशित बुधबार, कार्तिक १०, २०७८

न्यूजमधेश डेस्क
सिरहा,१० कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तालाई रिहाको माग गर्दै सिरहाको गाउँ गाउँमा मशाल जुलुस प्रदर्शन गरिएको छ।

बुधबार बेलुका जनमत पार्टीको पुर्व घोषित कार्यक्रम अन्तर्गत आज तेस्रो दिन वडा र टोलमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

जनमत पार्टीका उपाध्यक्ष पंकज कुमार सिंहका अनुसार सिरहाका प्रत्येक स्थानीय तहको वडा स्तरीयमा भ्रष्टाचारीलाई कारबाही गर्न र पक्राउ परेका नेता कार्यकर्तालाई रिहाको माग गर्दै मशाल जुलुस निकालिएको थियो ।उनले भने,स्थानीय प्रहरीले मशाल जुलुस विथोल्ने प्रयास गरेको थिए।तर उनिहरुलाई आफ्ना नेता कार्यकर्ताहरुले कार्यक्रम विथोल्न असफल गरेको हो।

अब जनस्तरमा भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु भैसकेको छ।प्रहरीले शान्तिपुर्ण आन्दोलनलाई विथोल्ने प्रयास गर्छ ,भने जनस्तरबाटै प्रतिकार हुने चेतावनीसमेत दिएका छन।

गत विहिबार जनकपुरधामको पिडारी चौकस्थित रहेका खानेपानी तथा ढल निकास आयोजना कार्यलयका प्रमुख ई राजेश कुशवाहालाई आमजनसमुदायले जनकारबाही गरेपछि जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहासहित १७ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो।

पक्राउ परेका नेता कार्यकर्तालाई नि:सर्त रिहा गर्न माग गर्दै मधेशको गाउँ गाउँमा प्रदर्शन भैरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]