२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

भ्रष्टाचार विरुद्ध जनमतको प्रदर्शन

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

न्यूजमधेश डेस्क
गौर ,११ कार्तिक। डा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले रौतहट जिल्लाको राजदेवी नगरपालिकासहित विभिन्न नगरपालिकामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका पूर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कार्यकर्ताहरुले नगरपालिका कार्यालयको मुख्य गेटमा नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

जनमत पार्टीका कार्यकर्ता विरुद्ध शुरु भएको आन्दोलनको विपक्षमा जनमत पार्टीले प्रदेश २ को विभिन्न जिल्लामा भ्रष्टाचार विरुद्ध र पक्राउ परेका आफ्ना १७ जना कार्यकर्तालाई रिहाइ गर्न दवाव सृजना गर्ने उदेश्यले आन्दोलनमा उत्रेका हुन् ।

नगर अध्यक्ष प्रभु यादवको नेतृत्वमा रहेको कार्यकर्ताहरुले भ्रष्टाचार बन्द गर जस्ता नारा लगाउदै विरोध जनाएका हुन् ।

मुलुकमा संघीयता पछि स्थापना भएको स्थानीय तहमा निकै अनियमितता मौलाएको ठहर गर्दै भ्रष्टाचार निर्मुल पर्ने उदेश्यले जनमत पार्टी लागेको नगर अध्यक्ष यादवले दावी गरे । राज्यको रकम दोहन गर्ने जोकोहीलाई जनकारवाही नै एक मात्र विकल्प रहेको जिकिर उनले गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]