०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बजाज युथ र छिन्नमस्ता बरही विजयी: मिथिला कप क्रिकेट प्रतियोगिता

Logo
प्रकाशित बिहिबार, कार्तिक ११, २०७८

राजविराज, ११ कार्तिक । मिथिला कप क्रिकेट प्रतियोगिताको पाँचौ दिनकोे खेलमा बजाज युथ क्रिकेट एकेडेमी सप्तरी र छिन्नमस्ता बरही सप्तरी विजय भएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा आज (विहिवार) भएको पहिलो चरणको खेलमा रौतहट एलेभेन टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर ९५ रन बनाउन सफल भए ।
सोही खेलको प्रतिस्पर्धी ९६ रन बनाउने लक्ष्य लिएर मैदानमा उत्रिएका बजाज युथले १३ ओभर ५ बल खेल्दै ७ विकेट गुमाएर ९६ रन बनाउदै जित हाँसिल गरे ।
दोश्रो चरणको खेलमा लहान क्रिकेट कल्ब र छिन्नमस्ता बरही सप्तरी विच भएको खेलमा लहानले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर १ सय रन बनाए । सोही खेलमा जित हाँसिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रिकाएका छिन्नमस्ता टिमले १२ ओभरमै ३ विकेट मात्र गुमाएर १ सय ३ रन बनाउदै विजेता घोषित भए । सो खेलमा आदिल अंसारीको विस्फोटक ब्याटिङले छिन्नमस्ता टिम विजय भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए ।
आजको प्रतियोगिताको म्यान अफ दि म्याच पहिलो खेलमा बजाज टिमका बिवेक यादव र दोश्रो खेलमा छिन्नमस्ता टिमका आदिल असांरी घोषित भएको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]