२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

सदरमुकाम राजविराजमा जनमत पार्टीको मसाल जुलुस प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

राजविराज, १२ कार्तिक । जनमत पार्टीले कार्यकर्ताहरुको रिहाईको मागँ गर्दै सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।
जनमत पार्टीका केन्द्रिय समितिले घोषणा गरिएको बमोजिम आज (शुक्रवार) सदरमुकाममा मशाल जुलुस प्रदर्शन गरेको हो ।
राजविराज नगरपालिका स्थित शिव मन्दिरको प्रांगणबाट निकालिएको र्‍याली बजार परिक्रमा गर्दै दशन चौकमा कोणसभामा परिणत गरियो ।
पार्टीले घोषणा गरेको आन्दोलनको पाँचौ दिनको प्रर्दशनमा जिल्लका विभिन्न स्थानिय तहबाट पार्टी आवद्ध नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
गत बिहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् ।
सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब तथा निःशर्त रिहाईगर्न माँग गर्दै भ्रष्टाचारको आरोप लगाउदै भ्रष्टाचारीहरु राजिनामा दे, जनता राज– जिन्दाबाद, हाम्रो माग –पूरा गर लगायतका नाराहरुसमेत लगाएका थिए ।
यता भ्रष्टाचारको विरुद्धमा आवाज उठाएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषा स्थित प्रहरीले १७ जना कार्यकर्तामाथि झुठ्ठा मुदा गरि नियन्त्रणमा राखिएको पार्टीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]