२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

रौतहटमा भ्रष्टाचार विरुद्धको आन्दोलनमा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप ,आधा दर्जन घाइते

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

न्यूजमधेश डेस्क
गौर ,१२ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लाको सदरमुकाम गौरमा शान्तिपुर्ण मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ ।

झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन ।

उनिहरु भ्रष्टाचारलाई कारबाही गर्न,आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै रौतहट जिल्लाको सदरमुकाम गौरमा मशाल जुलुस निकालेको थिए।सोही क्रममा प्रहरीले मशाल जुलुस विथोल्ने प्रयास गरेपछि आन्दोलनकारी र प्रहरी विच झडप भएको हो।

जनमत पार्टीले घोषणा गरेको भ्रष्टाचार विरुद्ध पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका केन्द्रिय सदस्य युवा नेता ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको नेता सानुले बताए ।

उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताए ।

झडपमा केही प्रदर्शनकारीका साथै केही प्रहरी समेत घाइते भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]