०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

रौतहटमा भ्रष्टाचार विरुद्धको आन्दोलनमा प्रहरी र जनमतका कार्यकर्ताबीच झडप ,आधा दर्जन घाइते

Logo
प्रकाशित शुक्रबार, कार्तिक १२, २०७८

न्यूजमधेश डेस्क
गौर ,१२ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले रौतहट जिल्लाको सदरमुकाम गौरमा शान्तिपुर्ण मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबिच झडप भएको छ ।

झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन ।

उनिहरु भ्रष्टाचारलाई कारबाही गर्न,आफ्ना कार्यकर्तालाई रिहाको माग गर्दै रौतहट जिल्लाको सदरमुकाम गौरमा मशाल जुलुस निकालेको थिए।सोही क्रममा प्रहरीले मशाल जुलुस विथोल्ने प्रयास गरेपछि आन्दोलनकारी र प्रहरी विच झडप भएको हो।

जनमत पार्टीले घोषणा गरेको भ्रष्टाचार विरुद्ध पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका केन्द्रिय सदस्य युवा नेता ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको नेता सानुले बताए ।

उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको बताए ।

झडपमा केही प्रदर्शनकारीका साथै केही प्रहरी समेत घाइते भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]