१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

महोत्तरीको रामगोपालपुर नगरपालिकामा जनमतको प्रथम नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको कभरेज अभियान अन्तर्गत महोत्तरीको रामगोपाल नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ।

जनमत पार्टीका नेता बिजय कुमार मण्डलको अध्यक्षतामा रामगोपालपुर स्थित दुर्गा मन्दिरको प्राङ्गणमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट राजेश कुमार मण्डलको नेतृत्वमा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

सो समितीको उपाध्यक्षमा शिलजो देवि बैठा,सचिव अनिल मण्डल ,सहसचिव संजय कुमार मण्डल ,कोषाध्यक्ष बिजय कुमार मण्डल रहेको छ।

त्यसैगरी सदस्यमा राम ज्ञान मुखिया,सुशील यादव,राम पुकार मण्डल ,राम क्षबिला सहनी,रामधनी मण्डल ,अशोक यादव,नवलकिशोर मण्डल ,रामपुकारी मुखिया,मोमो देवि मण्डल ,राम सिनेही यादव,राम प्रसाद सादा,अरुण कुमार यादव,अनिल कुमार यादव ,रुबि देवि मण्डल ,राकेश कुमार मण्डल ,उलफद नदाफलगाइत २१ सदस्यीय नगर स्तरीय नयाँ कार्यसमिति गठन गरिएको छ।

जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलको प्रमुख आतिथ्यमा आयोजना गरिएको नगर अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव विशेष अतिथि रहेको थियो ।

उक्त कार्यक्रममा पार्टी महोत्तरी जिल्ला अध्यक्ष कोमल यादव,जिल्ला सचिव बिरेन्द्र कुमार मण्डल , मनरा सिसवा नगरपालिकाका अध्यक्ष शत्रुधन सहनीकोउपस्तिथिमा नगर अधिवेशन सफलता पुर्वक सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]