०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

महोत्तरीको रामगोपालपुर नगरपालिकामा जनमतको प्रथम नगर अधिवेशन सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक १३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको कभरेज अभियान अन्तर्गत महोत्तरीको रामगोपाल नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ।

जनमत पार्टीका नेता बिजय कुमार मण्डलको अध्यक्षतामा रामगोपालपुर स्थित दुर्गा मन्दिरको प्राङ्गणमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट राजेश कुमार मण्डलको नेतृत्वमा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ।

सो समितीको उपाध्यक्षमा शिलजो देवि बैठा,सचिव अनिल मण्डल ,सहसचिव संजय कुमार मण्डल ,कोषाध्यक्ष बिजय कुमार मण्डल रहेको छ।

त्यसैगरी सदस्यमा राम ज्ञान मुखिया,सुशील यादव,राम पुकार मण्डल ,राम क्षबिला सहनी,रामधनी मण्डल ,अशोक यादव,नवलकिशोर मण्डल ,रामपुकारी मुखिया,मोमो देवि मण्डल ,राम सिनेही यादव,राम प्रसाद सादा,अरुण कुमार यादव,अनिल कुमार यादव ,रुबि देवि मण्डल ,राकेश कुमार मण्डल ,उलफद नदाफलगाइत २१ सदस्यीय नगर स्तरीय नयाँ कार्यसमिति गठन गरिएको छ।

जनमत पार्टीका केन्द्रिय सदस्य निर्मल मण्डलको प्रमुख आतिथ्यमा आयोजना गरिएको नगर अधिवेशनमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव विशेष अतिथि रहेको थियो ।

उक्त कार्यक्रममा पार्टी महोत्तरी जिल्ला अध्यक्ष कोमल यादव,जिल्ला सचिव बिरेन्द्र कुमार मण्डल , मनरा सिसवा नगरपालिकाका अध्यक्ष शत्रुधन सहनीकोउपस्तिथिमा नगर अधिवेशन सफलता पुर्वक सम्पन्न भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]