०४ फाल्गुण २०८२, मंगलबार
17-02-2026 , Tue
×

नेपालमै पहिलो डवल पावर भएको व्रुमर जनकपुरधाममा

Logo
प्रकाशित मंगलबार, आषाढ ३१, २०७६

जनकपुरधाम : नेपालमै पहिलो पल्ट वेट एण्ड ड्राई प्रविधी रहेको ट्रक माउण्टेड रोड स्विपर(व्रुमर) जनकपुरधाम उपमाहानगरपालिकाले गत आइतबार ल्याएको छ।

जनकपुरधाम उपमाहानगरपालिकालाई सफा र सुन्दर वनाउने अभिप्रायले ६ टन क्युसिक मिटरको धुलो उठाउने व्रुमर नेपालमै पहिलो पल्ट भारतबाट जनकपुरधाम उपमाहानगरपालिकाले ल्याएको छ । सयपत्री नेपाल इन्टरनेशनल प्रालीले भारतको लुधियानाबाट ल्याएको ब्रुमरले भिजेको माटोलाई समेत बढाल्न सक्ने क्षमता रहेको छ ।

चार किलो जतिको ढुुंगालाई तान्न सक्ने क्षमता रहेको ब्रुमर १ सय ३० हर्ष पावरको सिंगल इन्जीन रहेको छ । सिसीटिभी जडित ब्रुमरबाट सफाई गर्नका लागि एक्सट्रा कर्मचारी नलागी एक जना ड्राइभरले मात्र सिसीटिभीको सहारामा सडक सफाई गर्न सक्ने क्षमता रहेको सयपत्री प्रालीका प्रतिनिधी सरोज पौडेल ले वताए । प्रालीले असार २३ गते भारतको लुधियानाबाट ल्याएर असार २९ गते आइतवार नगरपालिकामा पुरयाएको छ ।

संसदीय कोष र जनकपुरधाम उपमाहानगरपालिकाको संयुक्त प्रयासमा एक करोड ३५ लाखको लगानीमा डवल पावर रहेको व्रुमर जनकपुरधाम उपमाहानगरपालिकामा ल्याइएको उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले वताए । व्रुमरमा तीनवटा अत्याधुनिक गोलाकार र लामो कुचो रहेको छ ।

सफाई कर्मचारी लगाएर पनि सोचेको जति सफाई नहुने र खर्च पनि वढि हुने भएकोले सफाईलाई पनि आधुनिक प्रक्रियामा लग्नका लागि व्रुमर जनकपुरधाममा ल्याइएको मेयर साहले वताए । यस भन्दा पहिले काठमाण्डौले ५ वटा,ललितपुरले ३ वटा ब्रुमर मगाएको छ । यीनिहरुले मगाएको व्रुमर इटालीयन व्राण्डको रहेको छ जसले भिजेको माटो बढाल्न सक्ने क्षमता नरहेको सयपत्री प्रालीका प्रतिनधी पौडेलले वताए ।

भिजेको माटोलाई समेत वढाल्न सक्ने नेपालमै पहिलो पल्ट जनकपुरधामले ल्याएको वताए ।डिजलबाट चल्ने ब्रुमरले दस किलोमिटर पर हावरको सफाई गर्ने क्षमता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]