०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

नेपालमै पहिलो डवल पावर भएको व्रुमर जनकपुरधाममा

Logo
प्रकाशित मंगलबार, आषाढ ३१, २०७६

जनकपुरधाम : नेपालमै पहिलो पल्ट वेट एण्ड ड्राई प्रविधी रहेको ट्रक माउण्टेड रोड स्विपर(व्रुमर) जनकपुरधाम उपमाहानगरपालिकाले गत आइतबार ल्याएको छ।

जनकपुरधाम उपमाहानगरपालिकालाई सफा र सुन्दर वनाउने अभिप्रायले ६ टन क्युसिक मिटरको धुलो उठाउने व्रुमर नेपालमै पहिलो पल्ट भारतबाट जनकपुरधाम उपमाहानगरपालिकाले ल्याएको छ । सयपत्री नेपाल इन्टरनेशनल प्रालीले भारतको लुधियानाबाट ल्याएको ब्रुमरले भिजेको माटोलाई समेत बढाल्न सक्ने क्षमता रहेको छ ।

चार किलो जतिको ढुुंगालाई तान्न सक्ने क्षमता रहेको ब्रुमर १ सय ३० हर्ष पावरको सिंगल इन्जीन रहेको छ । सिसीटिभी जडित ब्रुमरबाट सफाई गर्नका लागि एक्सट्रा कर्मचारी नलागी एक जना ड्राइभरले मात्र सिसीटिभीको सहारामा सडक सफाई गर्न सक्ने क्षमता रहेको सयपत्री प्रालीका प्रतिनिधी सरोज पौडेल ले वताए । प्रालीले असार २३ गते भारतको लुधियानाबाट ल्याएर असार २९ गते आइतवार नगरपालिकामा पुरयाएको छ ।

संसदीय कोष र जनकपुरधाम उपमाहानगरपालिकाको संयुक्त प्रयासमा एक करोड ३५ लाखको लगानीमा डवल पावर रहेको व्रुमर जनकपुरधाम उपमाहानगरपालिकामा ल्याइएको उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले वताए । व्रुमरमा तीनवटा अत्याधुनिक गोलाकार र लामो कुचो रहेको छ ।

सफाई कर्मचारी लगाएर पनि सोचेको जति सफाई नहुने र खर्च पनि वढि हुने भएकोले सफाईलाई पनि आधुनिक प्रक्रियामा लग्नका लागि व्रुमर जनकपुरधाममा ल्याइएको मेयर साहले वताए । यस भन्दा पहिले काठमाण्डौले ५ वटा,ललितपुरले ३ वटा ब्रुमर मगाएको छ । यीनिहरुले मगाएको व्रुमर इटालीयन व्राण्डको रहेको छ जसले भिजेको माटो बढाल्न सक्ने क्षमता नरहेको सयपत्री प्रालीका प्रतिनधी पौडेलले वताए ।

भिजेको माटोलाई समेत वढाल्न सक्ने नेपालमै पहिलो पल्ट जनकपुरधामले ल्याएको वताए ।डिजलबाट चल्ने ब्रुमरले दस किलोमिटर पर हावरको सफाई गर्ने क्षमता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]