१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

सरकारले तीन बुँदे भाँड्न खोजेको छ : विप्लव

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं,१४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आँफूसँग भएको तीन बुँदे सहमति सरकारले भाँड्न खोजेको बताएका छन् ।

सरकारले सहमति भाँड्न खोजेर मुलुकमा अशान्ति निम्त्याउन चाहेको भन्दै तत्काल सहमति कार्यान्वयनका लागि चेतावनीसमेत दिए ।

तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजेको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए । ‘हामीसँग सरकार आँफैले गरेको सहमति कार्यान्वयन गर्न चाहन्न,’ नेकपाको राष्ट्रिय युवा संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार घोराहीमा सम्बोधन गर्दै चन्दले भने ‘सरकारले नेपालमा अशान्ति निम्त्याउन खोजेको छ।’

तीन बुँदे कार्यान्वयनका लागि आफूले आग्रह गर्दा हामीहरुसँग हतियार रहेको भनेर सरकारले आशंका गरिरहेको उनको भनाइ छ । तर तीन बुँदे सहमतिपछि मात्रै हतियार भए नभएको कुरा खोल्ने चन्दको भनाइ छ।

‘सुरुमा त तीन बुँदे सहमति भएको हो नि, पहिला त्यो तीन बुँदे कार्यान्वयन गरौँ, अनि हतियार भए, नभएको भनौँला नि,’ उनले भने ‘फेरि प्रचण्डले सबै हतियार बुझाई सकेका हुन् नि, हामीसँग कहाँबाट हतियार आउनेरु छैन भन्दा पनि विश्वास मान्दैनन् ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]