१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

प्रशासनका कर्मचारी सबैभन्दा भ्रष्ट,नासु सबैभन्दा घुस्याहा

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

हरि गजुरे
काठमाडौं,१४ कार्तिक।कार्यालयको ढोका र भ¥याङमै ‘म भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न’ लेखेर टाँस्ने, व्यवहारमा चाहिँ मिलेसम्म र भ्याएसम्म लामो हात गर्ने ।

टंगालस्थित अख्तियारमा दर्ज भएका उजुरी खोतल्दा कर्मचारीमा घुस खोज्ने प्रवृत्ति झन् मौलाउँदो छ । आव ०७५ मा भन्दा गत आर्थिक वर्षमा घुस माग्ने कर्मचारीको संख्या दोब्बरले बढेको पाइएको छ । त्यहाँ दर्ज भएका २०५ मुद्दामा २५८ राष्ट्रसेवक डामिएका छन् । कर्मचारीले १ हजारदेखि १ करोड २८ लाखसम्म घुस मागेको उजुरीउपर अख्तियारले पछ्याउँदा २ सय ५८ राष्ट्रसेवक फन्दामा परेका हुन् ।

सबैभन्दा घुस्याहा प्रशासन सेवाका कर्मचारी र त्यसमा पनि नासु तहका धेरै भेटिए । १०४ प्रशासन सेवाका कर्मचारी डामिँदा ८८ प्राविधिकतर्फका छन् ।

५५ बर्दिवाला पनि घुस्याहामा दर्ज भएका छन् । घुस लिनेमा निजामती प्रशासनतर्फ सम्भावना बोकेका २ सहसचिव, २३ उपसचिव, ७८ शाखा अधिकृत, नासु ७९, खरिदार ३१, सहायक कर्मचारी ४५, निर्वाचित प्रतिनिधि १६ छन् ।

प्रशासनतर्फका ३८, प्राविधिकतिरका २८, ११ सइ (नासुसरह) माग्नेमा परेका छन् । प्रशासनतर्फका १३ र प्राविधिकतर्फका १० उपसचिव यही मेलोमा मिसिए । प्रशासन सेवाका २४, प्राविधिक ४०, इन्स्पेक्टर ७ र शिक्षक ७ जना गरी ७८ जना अधिकृत तहका कर्मचारी र ६७ बिचौलिया पनि यो अवधिमा फन्दामा परेका छन् ।

सेवाग्राहीको काम गर्न १० हजारदेखि १ लाख घुस मागेको उजुरी ८६ वटा छन्, १० हजारभन्दा कम रकम दिए तपार्इंको काम गरिदिन्छु भन्दै मोलतोल गरिएको उजुरी ५१ वटा, १ लाखदेखि ५ लाख घुस मागिएको ४२ वटा, ५ लाखदेखि १० लाख मोलतोल भएका १२, १० लाखदेखि ५० लाखसम्म मागिएका ११ वटा, ५० लाखदेखि १ करोडसम्म मागिएका २ वटा,१ करोडभन्दा बढी घुस मागिएका एउटा उजुरी छन् । यसरी पछिल्लो एक वर्षमा ३ सय ४१ जना कर्मचारी घुस लेनदेनमा संलग्न रहेका हुन् ।

अघिल्लो वर्ष सम्पत्तिको स्रोत (वैधता) देखाउन नसक्दा अख्तियारले विशेष अदालतमा ५३ कर्मचारीविरुद्ध मुद्दा दर्ज गरेको छ । ती कर्मचारीले आर्जन गरेको र स्रोत देखाउन नसकेको रकमले एउटा परियोजना बन्न सक्छ । उनीहरूले एक अर्ब १० करोड आम्दानीको स्रोत देखाउन सकेका छैनन् ।

यो मामलामा सबैभन्दा खेलाडी रहेछन्, उपसचिव ऋषिराम अर्याल, टोखा नगरपालिकाको कार्यकारी अधिकृत, १७ करोड ८३ लाख ४१ हजार कुम्ल्याएका । सम्पत्तिको वैधता पुष्टि गर्न सकेनन् । नासु मदनप्रसाद गुप्ता १४ करोड ८१ लाख ८९ हजार गोलमाल पारेपछि स्रोत खोजी हुँदा देखाउन नसकी फन्दामा परे । तातोपानीका भन्सार प्रमुख (उपसचिव) कृष्णबहादुर बस्नेतले अकुत रकम ज्वाइँ, जेठानका नाममा राख्न भ्याए ।

उनीसँग रहेको एक करोड ५ लाख ६९ हजारको स्रोत भेटिएन, जेठान नवीनकुमार गौलीको नाममा समेत ९ करोड २१ लाख ५२ हजार लुकाइएको भेटियो । चाबहिल मालपोतका जागिरे राजेन्द्र बस्नेत ८ करोड ९८ लाख ५८ हजार रुपैयाँको स्रोत देखाउन नसक्दा हिरासतमा पुगे ।

ललितपुर मालपोतका बद्रीराज ढकालमाथि १० करोड २७ लाख ५८ हजार रुपैयाँ अकुत आर्जनको आरोप छ । यस्तै, अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानासँग चार करोड ६८ लाख ४८ हजार रुपैयाँ भ्रष्टाचारबाट आर्जित रकम भएको अख्तियारको दाबी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]