२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जनकपुरका मेयर साहको बदमासीले उठेन फोहर ,वडाध्यक्षहरु बने आन्दोलित

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ कार्तिक ।प्रदेश २ का अस्थायी राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको बदमासीले फोहरले दुर्गन्धित बनेपछि वडाध्यक्षहरु आन्दोलनमा उत्रेका छ्न।

मेयर लालकिशोर साहलाई कालोमोसो दल्ने वडाध्यक्ष जानकीराम साहले चेतावनी दिएका छ्न।

दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् ।

वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंह लगायतले ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका हुन् ।

प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरु धर्ना बसेका छन् ।

जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएपछि फोहोर व्यबस्थापनमा समस्या हुने गरेको छ । वडाध्यक्ष जानकीराम साहले तत्कालै फोहोर उठाउन सुरू नगरिए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिए । वडाध्यक्ष साहले, मेयर लालकिशोर साले महिनाको लाखौं रुपैया खादैँ र फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]