१९ बैशाख २०८२, शनिबार
03-05-2025 , Sat
×

एमबिबिएस पढ्दै गरेका विद्याथी सम्पर्कविहीन

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
काठमाडौं ,१४ कार्तिक। काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका–२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिनुभयो । “कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन”, बस्नेतले रासससँग भन्नुभयो ।

उनका परिवारले भने संस्थानको छात्रावासबाटै शाही हराएको जिकिर गर्दै सेनाले सत्यतथ्य जानकारी दिनुपर्ने माग गरेका छन् । शाहीका फुपुका छोरा (नाताले दाई) पदम मल्लले भदौ १७ गते कलेजबाटै बेपत्ता भएको जनाउँदै उनको अवस्था छिटो सार्वजनिक गर्न माग गर्नुभयो । भदौ १७ मा हराएका उनका बारे २१ गतेमात्रै सेनाले परिवारलाई खबर गरेकाले त्यसप्रति आशङ्का उब्जिएको उहाँले बताउनुभयो ।

खबर पाउने वित्तिकै काठमाडौँ आएर नेपाली सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि निवेदन दिएपनि अहिलेसम्म कुनै जानकारी आउन नसकेको मल्लको गुनासो थियोे ।

“आज ५९औँ दिन भयो हराएको अहिलेसम्म अवस्था के छ कसैलाई पत्तो छैन, भइरहेको अनुसन्धान प्रक्रिया पनि चित्तबुझ्दौ छैन”, उहाँले भन्नुभयो, “बाध्य भएर मिडियामा आउनुपरेको छ ।” मल्लले आफ्नो विद्यार्थीको निगरानी गर्नुपर्ने जिम्मेवारी रहेको संस्थानले ध्यान नदिँदा शाहीको अवस्था अज्ञात बन्न पुगेको हो भन्नुभयोे ।“शाही असल विद्यार्थी हुन्, गलत भए पनि कानूनी उपचारको बाटो अलग्गै हुन्छ, हामीलाई मान्छे चाहियो”, उहाँले जोड दिनुभयो ।

शाहीका साथीहरुले तपाईहरु छिटो आएर राजेशलाई निकाल्नुहोस्, हामीले देखेका छौँ भनेर खबर गरेको सुनाउँदै मल्लले अहिले विभिन्न बहाना निकालेर उसैमथि नै नैतिक प्रश्न खडा गर्ने अवस्था देखिएकोे मल्लको भनाइ थियो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएको र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताउनुभयो ।

उहाँले परिवार, प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा खोजी भइरहेको पनि जानकरी दिनुभयो । “उनी गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्, कारण फेला पार्न सकिएको छैन”, प्रवक्ता पौडेलले भन्नुभयो । दुई महिनादेखि फेला नपर्नुमा विडम्बना भएको र उनको खोजीका लागि प्रधानसेनापति प्रभूराम शर्माबाट स्पष्ट निर्देशन आएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले समेत घटनाको अनुसन्धान गरिरहेको र सिआइवीलाई अनुसन्धानमा सेनाको पूर्ण सहयोग रहेको पनि बताउनुभयो । परिवारका सदस्यले उनको अवस्था पत्ता लगाएर न्याय दिन माग गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]