०४ बैशाख २०८३, शनिबार
18-04-2026 , Sat
×

सबैलामा भ्रष्टाचार भएको भन्दै स्थानीयबासीले बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१४ कार्तिक ।धनुषा जिल्लाको सबैला नगरपालिकामा विभिन्न शीर्षकमा भ्रष्टाचार भएको भन्दै स्थानीयवासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएका छन् ।

भ्रष्टाचारविरुद्ध संघर्ष समितिले सबैला नगरपालिकाका नगर प्रमुख विजयशंकर प्रसाद साहलगायतले आर्थिक वर्ष ०७४/०७५ देखि हालसम्म नगरपालिका गरेको विभिन्न कार्य योजनाको किताब र कार्य सम्पन्न योजनाको किताब लगायतका कार्यमा शंकास्पद क्रियाकलापहरुको विषयमा सूचनाको हक अनुसार निवेदन दिएको थियो ।

तर पनि आवश्यक सूचना नदिएपछि अनुचित एवं भ्रष्टाचारजन्य कार्य गरेको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी दिपककुमार कर्णलाई १९ बुँदे ज्ञापनपत्र बुझाइएको समितिका संयोजक विजयकुमार साहले जनाए ।

उनले सबैला नगरपालिकामा भएको भ्रष्टाचारको यथाशीघ्र छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् ।

स्थानीयवासी कारीप्रसाद यादवले लामो समयदेखि सबैला नगरपालिकाले सूचना लुकाएको भन्दै सर्वसाधारणले पालिकाको बेथिति र भ्रष्टाचारविरुद्ध बाध्यात्मक अवस्थामा ज्ञापनपत्र बुझाएको बताए ।

सोलार लाइट जडानको नाममा रकम निकासा भए पनि लाइट जडान नभएको, कोभिड १९ को नाममा भ्रष्टाचार भएको, विद्यालय बन्द रहेको अवधिमा दिवा खाजाको नाममा भ्रष्टाचार भएको, एउटै सडक दुई–दुई पटक निर्माण गरी रकम निकासा गरेको, बिउवितरणको नाममा रकम निकासा गरेको, विद्यालयमा प्रयोगशाला स्थापनामा रकम खर्च गरिएको तर हालसम्म प्रयोगशाला नै नरहेको आरोप ज्ञापनपत्रमा लगाइएको छ ।

यस्तै, दुर्गापथ सडकको डीपीआरको नाममा रकम निकासा गरी भ्रष्टाचार गरेको, पटेरवा परिक्रमा सडक निर्माणको नाममा भ्रष्टाचार गरेको, औषधि खरिद, गाडी भाडा खर्च, बाख्रा पालनलगायतका योजनामा अनियमितता, सरस एण्ड सुजन कन्स्ट्रक्सन कम्पनीको नाममा बिना बिल भर्पाई गरी रकम अनियमितता गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

भ्रष्टाचार विरुद्ध संघर्ष समितिले आजै महोत्तरीको बर्दिबासस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।

सबैला नगरपालिकामा एक महिनाभन्दा लामो समयदेखि सूचना माग्दै एक समूहले नगर प्रमुख विजयशंकार प्रसाद साह, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, प्राविधिक प्रमुखसमेतको विरुद्धमा रिले अनसन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]