१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

मिथिला कप क्रिकेट प्रतियोगितामा आइतवार छिन्नमस्ता विजय

Logo
प्रकाशित आइतबार, कार्तिक १४, २०७८

मिथिला कप क्रिकेट प्रतियोगितामा आज (आइतवार) छिन्नमस्ता क्रिकेट टिम र रन्जीतपुर क्रिकेट टिम बीच भएको खेलमा छिन्नमस्ता बिजय भएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्थित खेल मैदनमा युवा शक्ति क्लव विष्णुपुरद्धारा आयोजित प्रतियोगितामा छिन्नमस्ता टस जितेर फिल्डीङ राेजेपश्चात रन्तजीपुरले ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ५२ रन बनाए ।
सोही खेलमा आफ्ना लक्ष्य पुरा गर्न मैदानमा उत्रिएका छिन्नमस्ता टिमले १८ ओभर ३ बलमा ६ विकेट गुमाउदै १ सय ५६ रन बनाउदै जित हाँसिल गरेको खेलका प्राविधिक उदित यादवले जानकारी दिए । उक्त खेलमा छिन्नमस्ता टिमका आदिल खान म्यान अफ द म्याच घोषित भयो ।
भोली (सोमवार) हुने प्रतियोगिताको अन्तिम खेल युनाइटेड क्रिकेट कल्ब पर्सा र छिन्नमस्ता स्पोर्टस बरही विरपुर सप्तरीको बिच हुने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]