२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

डुबानका घर सरसफाइ गरिँदै

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

न्यूजमधेश डेस्क
कैलाली ,१५ कार्तिक। कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उहाँको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर बस्यो । हाल तिहार अर्थात् भाइटीका नजिकिन थालेपछि उहाँको परिवार घर फर्किएर घर सरसफाइमा लागेको छ ।

“घर सफा गर्दै थियौँ, घरभित्र बालुवा र फोहर भरिएको छ । दुई दिनदेखि सरसफाइ गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “घर सफा गर्ने क्रममा दुुईवटा सर्प निस्किए, निकै जोगिएर सरसफाइ गरिरहेका छौँ ।”

भजनीका छहरा धामीको घर पनि बाढीले भत्कायो । बाढीले घरका भित्ता भत्काउनुका साथै घरमा भएको सबै सामान भिजाएपछि छहराको परिवार पनि विस्थापित भयो । उनीहरु पनि विद्यालयमा गएर बसे । तिहार नजिकिएपछि छहराका श्रीमान् कमाउन भारततिर लागे भने छहरा र उनका बालबच्चा घर फर्किएका छन् । घर फर्किएर सरसफाइमा खटेकी छहराको घरमा पनि सर्पले बास गरेको रहेछ । “घर त फोहर किटपतङ्गले भरिएको छ । बस्न सकिएलाजस्तो लाग्दैन तर कति दिन अर्काको घरमा बस्नु भनी सरसफाइ गर्न थालेकी छु”, उहाँले भन्नुभयो, “छिमेकीको सहयोगमा भत्किएका भित्ता लगाइयो, अब लिपपोत गर्न र घरभित्र भरिएको फोहर सफा गर्दैछु ।”

बाढीपछि लक्ष्मी, छहराको मात्रै होइन प्रभावित क्षेत्रमा रहेका घर तथा वरपर सर्प, बिच्छी र अन्य किटपतङ्ग घरमा पसेका हुन्छन् । कैलालीमै सर्प तथा अजिङ्गर पाइने वनका नामले चिनिने सत्ती कर्णाली सामुदायिक वनमा समेत बाढी पसेको छ । बाढीले वनमा रहेका अजिङ्गर तथा सर्प बगाएर बस्तीमा पु¥याएको हुनसक्ने स्थानीय रमेश टमट्टा बताउनुहुन्छ । “बाढीले हरेक वर्ष अजिगङ्र बस्तीमा पु¥याउँछ । बाढी प्रभावित क्षेत्रमा ज्वरो, रुघाखोकी र पखाला लाग्नेजस्ता समस्या देखिन थालेका छन्”,उहाँले भन्नुभयो, “स्थानीय सरकार तथा स्वास्थ्य संस्थाले स्वास्थ्य शिविर गर्ने, नियमित उपचारमा सघाउने, बाढीपीडितको निःशुल्क उपचार गरिदिने गर्नुपर्छ ।”

यस्तो बेला सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । “बाढीको समयमा जताततै फोहर भएको छ । झारपात बगेर आएर बस्तीमा पसेको छ । फोहरका कारण महामारी फैलनसमेत सक्छ”, टीकापुर अस्पतालका डा लालसिंह टमट्टा भन्नुहुन्छ, “यस्तो बेलामा उमालेको पानी पिउने, सुत्दा खाटमा सुत्ने, अनिवार्य झुल लगाउनेजस्ता कुरामा ध्यान दिनुपर्छ । बाढीले आर्थिकरूपमा समेत रित्तिएकाहरुलाई महामारी फैलिएमा थप समस्या हुनसक्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]

सर्लाह । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदी बन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]