१८ आषाढ २०८२, बिहिबार
03-07-2025 , Thu
×

लुम्बिनीमा कठिन चिवर दान

Logo
प्रकाशित सोमबार, कार्तिक १५, २०७८

न्यूजामधेश डेस्क
रुपन्देही ,१५ कार्तिक । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव इसाला रुवाल विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गर्नुभएको छ ।

बौद्ध परम्पराअनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कठिन’ उत्सवअन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विशेष धार्मिक समारोहका बीच उहाँले भिक्षु सङ्घलाई कठिन चिवर दान गर्नुभएको हो । सार्कका महासचिव विराकुनको सहयोगमा लुम्बिनीस्थित राजकीय बुद्ध बिहारले संयोजन गरेको कठिन उत्सवमा नेपालका विभिन्न जिल्लासहित विदेशी मुलुकका बौद्ध उपासक उपासिकाको सहभागिता रहेको थियो ।

तीन महिना वर्षावासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि लुम्बिनीमा दुईदिने कठिन उत्सवको आयोजना गरिएको हो । लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महिना वर्षावासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका २४ जना भिक्षु, गुरुआमालाई बौद्ध परम्पराअनुसार कठिन चिवर दान र अष्टपरिष्कार दान गरिएको थियो ।

कठिन उत्सव समारोहमा बोल्दै सार्कका महासचिव विराकुनले बुद्ध भूमिमा आएर कठिन चिवर दान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले लुम्बिनीको विकास र बुद्ध दर्शनको प्रचारप्रसारका लागि आफ्नो सदैव सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालमा बुद्ध धर्मको विकासमा श्रीलङ्का र म्यान्माको ठूलो योगदान रहेको बताउँदै यसलाई अझै प्रचारप्रसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले कठिन चिवर दानको महत्वबारे जानकारी गराउँदै दाताको सहयोगबाटै भिक्षुको जीवन चल्ने बताउनुभयो । उत्सवमा सार्कका महासचिव विराकुनलाई सम्मान गरिएको थियो ।

यस्तै बुद्ध धर्म र दर्शनको प्रचारमा योगदान पु¥याएको भन्दै लुम्बिनीको धर्मस्वामी महाराज बुद्ध बिहार, विभिन्न क्षेत्रमा योगदान पु¥याउने सशस्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, सशस्त्र प्रहरी नायब उपरिक्षक दर्शन गिरी, राधिका न्यौपाने, राधेश्याम गुप्तालाई सम्मान गरिएको थियो ।

कार्यक्रमअघि लुम्बिनीको थाई मन्दिरबाट बृहत् झाँकीसहितको शोभा यात्रा निकालिएको थियो । कठिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षु सङ्घबाट परीत्राण पाठ तथा बुद्ध पूजा सम्पन्न गरिएको बौद्ध महिला समितिका सचिव कल्पना हरिजनले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]