२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

रौतहटमा सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

मदन ठाकुर
रौतहट ,१६ कार्तिक । रौतहटमा सवारी दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ। स्थानीय गढीमाई नगरपालिका ६ धरमपुरटोल स्थित वागमतीनदीको पुलमासोमबार राति मोटर साइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको हो।

रौतहटको दुर्गा भगवती गाउँपालिकाको बडहर्वा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान ३३ वर्षीय रामनिवास यादवको मृत्यु भएको हो। सोमवार राति ८.१५ बजेको समयमा सर्लाहीको धनकौल वैरिया स्थित घरबाट प्रहरी जवानयादव डिउटीमा फक्रिने क्रममा अपरिचित नम्बरको सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घरबाट कार्यक्षेत्र आउँदै गरेको अवस्थामा बागमति नदीको पुुलमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदाउनको घटना स्थलमै मृत्यु भएको इलाकाप्रहरी कार्यालय गरुडाले जनाएको छ। घटनाबारेजानकारी आएलगतै इलाकाप्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारी नेतृत्वको टोलिघटना स्थलपुगेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको बुझिएको छ।

दुर्घटना परी ज्यान गुमाएका प्रहरी जवान यादवको शव पोस्टमार्टमको लागि सदरमुकाम गौर अस्पतालमा राखिएको र प्रहरीलाई ठक्कर दिएर भागेको घटनामा संलग्न रहेको आशंकामा दुईवटा सवारी साधन नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपि भण्डारीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]