०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

भरत ताल हेर्न आन्तरिक पर्यटकको घुइँचो

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

न्यूजमधेश डेस्क
सर्लाही ,१६ कार्तिक । यहाँस्थित मानव निर्मित भरत तालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।पूर्वपश्चिम लोकमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नगरपालिका–१२ मा निर्माण गरिएको १२१ विघा क्षेत्रफलका तालमा हालसम्म रु ६० करोड खर्च भइसकेको नगरपालिकाले जनाएको छ ।

चुरेकै काखमा रहेको उक्त तालमा ३५ सिट क्षमता भएको जेटबोट समेत सञ्चालन गरिएको छ । ताल पूर्णरुपमा निर्माण हुन अझै केही महिना लाग्ने भए पनि तालको सुन्दर दृश्य, तालपारि देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र तालमा सरर हिँडिरहेका मोटरबोटले पर्यटकको मन लोभ्याउने गरेको छ ।

तालमा घुम्न आउने पर्यटकको चाप अहिले नै बढ्न थालिसकेको नगरपालिकाले जनाएको छ । अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको वाग्मती नगरप उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार सो ताललाई प्रदेश नं २ को पर्यटकीय गन्तव्यका रूपमा हेरिन थालिएको छ । तालमा विभिन्न ठाउँबाट दैनिक दुई हजारभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।

तालको नजिकै सुमेरी पर्वत बताउने, शिवमूर्ति बनाउने र मिनी नेपालको कल्पना गरिएको तालका कल्पनाकार तथा नगरप्रमुख भरत थापाले जानकारीदिनुभयो । उहाँका अनुसार तालको बीचमा रिसोर्ट निर्माणाधीन अवस्थामा छ भने तालको वरिपरि बगैँचा तथा घेराबेराको काम पनि भइरहेको छ ।

त्यसैगरी तालको वरिपरि खाजाघरहरु धमाधम निर्माण भइरहेका छन् । तालमा घुम्न आउने आन्तरिक पर्यटकले रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न थाल्दा आफूलाई पोखराको फेवाताल घुमेको महसुस भएको ताल घुम्न आएका प्रकाश दाहालले बताउनुभयो । रु दुई सयको टिकट काटिसकेपछि तालमा घुम्न आनन्द भएको उहाँले सुनाउनुभयो । “बोट चढ्न पोखरा नै जानुपर्छ जस्तो लाग्थ्यो, अहिले त यतै सरर । बिदाको दिन होस् या चाडबाडको समय भरत ताल व्यस्त नै देखिँदो रहेछ । उक्त तालको सौन्दर्य बढाउनका लागि हाँससमेत पालिएको रहेको छ । तालमा पौडिने हाँसको दृश्यले पर्यटकको मन झनै लोभिने गरेको पाइयो,” उहाँले भन्नुभयो ।

नगरप्रमुख थापाले अबको तीन चार महिनामा ताल निर्माणको काम सम्पन्न गरिने जानकारी दिनुभयो । तालले गर्दा पर्यटकको आगमन त छँदैछ पूर्णरुपमा ताल निर्माण भइनसक्दै धेरै जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका उहाँले बताउनुभयो । मनोरञ्जनका लागि तालमा पाँच बोट राखिएको छ भने अझै पाँच बोट थप गरिने नगरप्रमुख थापाले जानकारी दिनुभयो । तालमा सजावट र रिसोर्टहरुको काम केही महिनामा सम्पन्न हुनेछन् । तालको सम्पूर्ण काम सकिएपछि उक्त तालमा पनि टिकट सिस्टम लागू गरिने नगरपालिकाले जनाएको छ । १२१ बिघामा निर्माण गरिएको उक्त तालको गहिराइ १५ देखि ४५ फिटसम्म रहेको छ । जोखिम रहेकाले उक्त तालमा मानिसलाई पौडी खेल्न र माछा मार्न निषेध छ ।

साथै केही समयपछि उक्त तालमा माछापालन पनि गरिने योजना रहेको नगरपालिकाले जनाएको छ । तालमा सौन्दर्य र रिसोर्ट लगयतका काम सकिएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक हजार ५००स्थानीयवासीलाई रोजगारी पाउँने जनाइएको छ । नगरपालिकाले नगर बगैँचा र फनपार्कसमेत निर्माण गरिरहेको छ । नगरवासीलाई रोजगारी पनि दिने र नगरको आयस्रोत बढाउने लक्ष्यका साथ ताल, नगर बगैँचा र फनपार्क निर्माण भइरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]