०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

जन्मदिनको अवसरमा पत्रकार सौरभले गरे शैक्षिक सामग्री वितरण (तस्विरहरु)

Logo
प्रकाशित मंगलबार, कार्तिक १६, २०७८

राजविराज, १६ कार्तिक ।
आफ्ना जन्मदिनको अवसर पारेर सप्तरीका एक युवा पत्रकारले दलित वस्तीमा शैक्षिक सामग्रीहरु वितरण गरेका छन् । एपि वान टेलिभिजन सप्तरीका संवाददाता सौरभ यादवले जन्मदिको अवसर पारेर सदा (मुसहर) वस्तीका २ दर्जन भन्दा बढी बालबालिकाहरुलाई उक्त सामग्रहरु वितरण गरेका छन् ।
‘मधेशलाइभ डट कमका समाचार संयोजक समेत रहेका उनी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ गोरगामा स्थित शैक्षिक साम्रगीहरु वितरण गर्दै’ भने– ‘जन्मदिनका अवसरमा मान्छेले धेरै रुपैयाँ खर्चिन्छन तर, शिक्षा क्षेत्रमा पछाडि परेका दलित समुदायलाई सामग्रीहरु वितरण गर्ने अवसर पाउदा आफुलाई खुशी अनुभुति भईरहेको छ ।’
‘वस्तीका बालबालिकाहरुले सामग्री पाउदा मुस्कुराउदै’ स्थानिय एक अभिभावकले भने–नियमित विद्यालय पठाउनेछु । यस्ता कार्यलाई धन्यवाद दिदै उनी प्रसंसा समते गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]