१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

भाँडा बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन नहुदाँ कुमाल समुदायको पेशा संकटमा

Logo
प्रकाशित बुधबार, कार्तिक १७, २०७८

राजविराज, १७ कार्तिक । कुमालले बनाएको माटाको वर्तन बिक्री गर्ने ठाउँको उचित व्यवस्थापन हुन नसक्दा आफ्ना पुख्य्रौली पेशा संकटमा जान सक्ने एक कुमहालले बताउँछन् ।
‘पर्व, तिहार, पुजापाठ, विवाह, श्राद्धलगायतका अन्य कार्यहरुमा समेत प्रयोग गरिने प्रायोजनकालागि निमार्ण गरिएको माटाका वर्तनहरु बिक्री गर्न विभिन्न गाउँका घर घरमा पुर्‍याउनु पर्ने बाध्यता रहेको’ हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ का सिताराम पण्डितले भने– ‘गाउँबाट वर्तन बिक्री गर्न राजविराजको हाटमा जादा ठाउँ अभावका कारण जहाँ पनि वर्तन राखेर बेच्न खोज्दा आसपासका पसलेहरुले हेप्दै, हप्काउदै भगाउछन् ।’
अहिले बढदौं आधुनिकताका कारण गाउँ घरमा पनि बिक्री न्युन हुदै गएको र कतिपय कुमहार समुदायका व्यक्तिहरुले पेशा नै छोडेर अर्को व्यवसाय तथा काम गरेर दिनचर्या बिताउन थालेको उनीहरुको भनाई छ ।
हाल दिपावली, छठ पर्व, तुलसी उद्यापन नजदिकिदै जादा तिहारमा प्रयोग हुने कुर्वा, कौर्ना, ढकनी, दीप, ढकना, चौमुख, पूजाका वर्तनको सेटलगायतका माटोको साम्रगीहरु बनाउनमा कुमहार समुदाय व्यस्त छन् ।
https://www.youtube.com/watch?v=QL1DI72QC30

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]