१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

जुवातास नियन्त्रणमा प्रहरी अभियान

Logo
प्रकाशित शुक्रबार, कार्तिक १९, २०७८

न्यूजमधेश डेस्क
विरगंज ,१९ कार्तिक : पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजनालाई निरन्तता दिइएको उहाँको भनाइ थियो ।

चाडपर्वमा हर्षोल्लासको माहोल र भीडभाड साविकभन्दा बढी हुने र त्यसबखत आर्थिक कारोबारको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना बृद्धि हुने गरेको छ । सीमापारिबाट समेत अपराधी नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाइएको छ ।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी सुरक्षा रणनीति, कारबाही, ड्युटी परिचालनका साथै ट्राफिक व्यवस्थापनसम्मको योजना जारी गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]