०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

आगलागीमा ७० लाख बराबरको क्षति

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८

न्यूजमधेश डेस्क
मोरङ,२२ कार्तिक । मोरङ जिल्लाको पथरी शनिश्चरे–६ मा आगलागी हुँदा करिब ७० लाख बराबरको क्षति भएको छ।

सोमबार बिहान ९ः३० मा स्थानीय सुबोल चन्द्रवंशीको घरमा आगलागी भएको हो ।

आगलागीमा चन्द्रवंशीको घरमा रहेको नगद र जिन्सी जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

चन्द्रवंशीले जग्गा खरिदको लागि बैंक र आफन्तबाट लिएको ४० लाख ऋण, ८ तोला सुन, २० तोला चाँदी, ३० मन सनपाट, १२ मन मकै, एउटा बाख्रा, २ वटा साइकल, ५ मन चामल, छठका लागि ल्याइएका ३० हजार बराबरको सामाग्री, एउटा ल्यापट, एलइडी टीभी जस्ता सामानहरु जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

पूजा कोठामा राखिएको दियोबाट आगो सल्केको र बिजुली सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]