१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

आगलागीमा ७० लाख बराबरको क्षति

Logo
प्रकाशित सोमबार, कार्तिक २२, २०७८

न्यूजमधेश डेस्क
मोरङ,२२ कार्तिक । मोरङ जिल्लाको पथरी शनिश्चरे–६ मा आगलागी हुँदा करिब ७० लाख बराबरको क्षति भएको छ।

सोमबार बिहान ९ः३० मा स्थानीय सुबोल चन्द्रवंशीको घरमा आगलागी भएको हो ।

आगलागीमा चन्द्रवंशीको घरमा रहेको नगद र जिन्सी जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

चन्द्रवंशीले जग्गा खरिदको लागि बैंक र आफन्तबाट लिएको ४० लाख ऋण, ८ तोला सुन, २० तोला चाँदी, ३० मन सनपाट, १२ मन मकै, एउटा बाख्रा, २ वटा साइकल, ५ मन चामल, छठका लागि ल्याइएका ३० हजार बराबरको सामाग्री, एउटा ल्यापट, एलइडी टीभी जस्ता सामानहरु जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

पूजा कोठामा राखिएको दियोबाट आगो सल्केको र बिजुली सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]