१२ जेठ २०८२, सोमबार
26-05-2025 , Mon
×

गृहमन्त्री खाँणद्वारा सुरक्षा निकायलाई निर्देशन

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम २३ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

जनकपुर उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाका कारण अर्थतन्त्र शिथिल भएकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । माल सामान ल्याउने क्रममा व्यापारीलाई अनावश्यक दुःख नदिन उहाँले सुरक्षा निकायलाई निर्देश गर्नुभयो ।

उद्योग क्षेत्रमा राष्ट्रव्यापीरूपमा समस्या देखापरेका र ती समस्या समाधान गर्न वर्तमान सरकार तत्पर रहेको मन्त्री खाँणले बताउनुभयो । जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले प्रहरी प्रशासनले झुठा मुद्दा लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुःख दिने गरेको मन्त्री खाँण समक्ष गुनासो गरेका थिए । मन्त्री खाँणले सो अवसरमा त्यसो हुन नदिन प्रदेश २ का प्रहरी प्रमुख र जिल्लास्थित प्रहरी निकायलाई निर्देशन दिनुभएको थियो ।

यस्तै आजै मैथिली विकास कोषले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषाको विकासका लागि वर्तमान सरकारले ठोस कदम चाल्ने बताउनुभयो । उहाँले मैथिली विकास आयोग गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चाल्ने आश्वासन दिनुभयो ।

“सबै वर्गको राष्ट्रिय राजनीतिको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी÷जनजाति, महिला, दलितलगायत आयोग गठन र भाषिक विविधतालाई सम्बोधन गर्ने सरकारले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । मैथिली भाषा राष्ट्रकै गहना भएको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]