२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

गृहमन्त्री खाँणद्वारा सुरक्षा निकायलाई निर्देशन

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

न्यूजमधेश डेस्क
जनकपुरधाम २३ कार्तिक । गृहमन्त्री बालकृष्ण खाँणले व्यापार व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

जनकपुर उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले कारोनाका कारण अर्थतन्त्र शिथिल भएकाले उद्योग व्यवसायका लागि सहज वातावरण बनाउन प्रदेश २ को सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । माल सामान ल्याउने क्रममा व्यापारीलाई अनावश्यक दुःख नदिन उहाँले सुरक्षा निकायलाई निर्देश गर्नुभयो ।

उद्योग क्षेत्रमा राष्ट्रव्यापीरूपमा समस्या देखापरेका र ती समस्या समाधान गर्न वर्तमान सरकार तत्पर रहेको मन्त्री खाँणले बताउनुभयो । जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले प्रहरी प्रशासनले झुठा मुद्दा लगाएर सामान नियन्त्रणमा लिई अनावश्यक दुःख दिने गरेको मन्त्री खाँण समक्ष गुनासो गरेका थिए । मन्त्री खाँणले सो अवसरमा त्यसो हुन नदिन प्रदेश २ का प्रहरी प्रमुख र जिल्लास्थित प्रहरी निकायलाई निर्देशन दिनुभएको थियो ।

यस्तै आजै मैथिली विकास कोषले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले मैथिली भाषाको विकासका लागि वर्तमान सरकारले ठोस कदम चाल्ने बताउनुभयो । उहाँले मैथिली विकास आयोग गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक कदम चाल्ने आश्वासन दिनुभयो ।

“सबै वर्गको राष्ट्रिय राजनीतिको मूलधारमा पहुँच र अधिकार सुनिश्चितताका लागि आदिवासी÷जनजाति, महिला, दलितलगायत आयोग गठन र भाषिक विविधतालाई सम्बोधन गर्ने सरकारले निर्णय गरेको छ”, उहाँले भन्नुभयो । मैथिली भाषा राष्ट्रकै गहना भएको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]