०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

मन्त्री साहद्वारा छठका व्रतालुलाई नगदसहित सारी वितरण

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

न्यूजमधेश डेस्क
राजविराज ,२३ कार्तिक।प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छठका व्रतालुलाई नगद ५५ हजारसहित ११० थान सारी वितरण गरेका छन् ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० का ११० जना छठ व्रतालुलाई जनही नगद ५०० र एक थान सारी मन्त्री साहले प्रदान गरेका हुन् ।

स्थानीय रामलखन मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्त्री साहले छठ पर्वलाई हर्षोउल्लासका साथ मनाउन प्रोत्साहन गर्न सानो सहयोग गरेको बताउनुभयो ।

छठ पर्वको जगेर्नामा मधेशका महिलाको ठूलो योगदान रहेको चर्चा गर्दै प्रदेश सरकार सबै जातजातिको सांस्कृतिक पर्वको संरक्षणमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी तराई मधेश प्रदेश समितिका सदस्य दिनेश यादव, जसपा नेता देवेन्द्र झा, जसपा क्षेत्रीय अध्यक्ष रामचन्द्र साहलगायत स्थानीय नेताको उपस्तिथि रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]