२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि पुख्य्रौली राज्य कायमैः डा. राउत (भिडियाे सहित)

Logo
प्रकाशित शुक्रबार, कार्तिक २६, २०७८

राजविराज, २६ कार्तिक ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित बिहीवार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा अझैे बाबुसाहेबहरुको राज्य कायम नै रहेको बताए ।
‘उक्त समस्याहरुलाई उन्मुलन गर्ने नै जनमत पार्टीको प्रमुख लक्ष्य रहेको बताउदै’ प्रमुख अतिथि डा. राउतले भने– ‘जनताका अनुसार चल्ने नै पार्टीको मुख्य धारणा रहेको छ ।’
साइकल चढने क्षमता नरहेको नेता अहिले महंगो गाडी चढनुकासाथै विभिन्न ठाउँमा घर बनाएको छ, तर जनता विना चपलले हिड्न बाध्य रहेको उनको भनाई थियो ।
बहुरुपीयाहरुले पटक पटक पार्टीको नाम बदलेर समाजमा राज्य गरी हामी माथी शोषण गर्दै आएको बताए । ‘चुनावमा हामीले सजिलै तरीकाले प्रलोभनमा परी मत बेच्दै आएको बताउदै’ डा. राउतले ‘बालबालिकाको भविष्य नबेच्न आग्रह गर्दै लाउडस्पीकर (हार्न) छापमा मतदान गरी जनता राज स्थापना गर्नुपर्ने बताए ।’ कार्यक्रममा विशिष्ट अतिथि पार्टीका केन्द्रिय उपाध्यक्ष बबिता ईसर, उपमहाचिव ई. ईन्द्रिजित यादवलगायतका व्यक्तिहरुले मन्तव्य व्यक्त गरेको थियो ।

https://www.youtube.com/watch?v=jKfl-T5NVDA

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]