०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

दुर्घटनामा वृद्धाको मृत्यु, चार घाइते

Logo
प्रकाशित सोमबार, कार्तिक २९, २०७८

न्यूजमधेश डेस्क
सप्तरी ,२९ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा आज ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो ।

गम्भीर घाइते पासवनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्र्याक्टरको ठक्करबाट खडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् ।

घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]