१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

जनमत माटी यात्रा : सफल यात्राको कामना सहित अध्यक्ष राउतको विदाई

Logo
प्रकाशित बुधबार, मंसिर ०८, २०७८

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि के राउतलाई जनमत माटी यात्रा का लागि केन्द्रिय सचिवालयबाट विदाई गरेका छन् ।
धनुषाको जनकपुरधाम २, भानुचौक स्थित रहेको पार्टीको सचिवालय मंसीर १० गते शुक्रवार लुम्बिनीकालागी सफल यात्राको कामना गर्दै पार्टी आवद्ध नेता, कार्यकर्ताहरुले आज (बुधवार) विदाइ गरेको हो ।

संगठन बिस्तार सहित पार्टीका अध्यक्ष राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानिय तहबाट माटो सङ्कलन गर्नुका साथै नेता, कार्यकर्ता र समर्थकसहितको भेटघाट गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिए । जनमत माटी यात्रा पश्चात संकलन गरिएको माटोबाट मधेश एकता स्तम्भ पार्क निर्माण गर्ने भएको छ।

पार्टीको कार्यकारिणी समितिको बैठकबाट गरिएको निर्णय अनुसार शुक्रवार लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रम तय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]