०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

खाँडाे नदिकाे तटबन्ध मर्मत कार्यमा जुटे नेपाल सेना

Logo
प्रकाशित बुधबार, साउन ०१, २०७६

 

कमल कुमार मण्डल ,राजविराज ।सप्तरीको तिलाठी काेईलाडी गाउँपालिका तिलाठी स्थित मंगलबारदेखि खाँडाे नदिकाे बाँध मर्मत कार्य सञ्चालन गरिएको छ ।

तिलाठी तर्फ नदिकाे पानीका बहाब उच्च रहेकोले गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहकाे अगुवाइमा पाईलिंग, जालि, बाेराले साे कार्य थालिएको हाे । नेपाल अार्मी, नेपाल प्रहरी, शस्त्र प्रहरी, जिल्ला प्रहरीका टाेली, कुनाैली भंसारका टाेली गरि जम्मा १ सय जनाको टोली खटिएकाे गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बालुवा नजिकमा नभेटिएकाेले मंगलबार लगभग १० अाेटा जाली तथा १५ सय बाेरा भरिएकाे छ । खाँडाे नदि बाँधमा बढी कटान भएकाेले दुई तिनदिनमा रफ्तारमा काम गरिने अध्यक्ष सिंहले बताएका छन् । अविरल बर्षा तथा खाँडो, महुली, जिता र कोशीनदीको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीबाट भत्किएको छ ।
पुर्व सिचाइ मन्त्री उमेश कुमार यादव तिलाठी काेइलाडी गाउँपालिकाका बाढी पिडितका लागि २५ हजार १ सय ५५ रुपैयाँ सहयाेग गरेका छन् । यसैगरी प्रदेश नम्बर २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शेलेन्द्र प्रसाद साहले बाढी पिडितका लागि १ लाख रुपैयाँ सहयाेग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]