०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

पर्सामा लागुऔषधसहित चारजना पक्राउ

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८

जनकपुरधाम । प्रहरीले पर्साबाट लागूऔषध ओसार पसार गरीरहेको अवस्थामा दुई ट्रक सहित चारजनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका ७ का ३५ वर्षीय अनुप बर्तौला, हेटौडा ७ का ४५ वर्षीय राजु बस्नेत, हेटौडा ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ र झापाका मेची नगरपालिका १ का ५० वर्षीय गोपाल थापा रहेका छन् ।

वीरगञ्ज महानगरपालिका २५ बहुअरी स्थित ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको ट्रकको चेकजाँच गर्दा चालक बस्ने सिटमुनिबाट कोरेक्स ५४ बोतल र ना ५ ख ६८७७ नम्बरको ट्रकको चालक बस्ने सिटमुनि बोराभित्र कोरेक्स २ सय २३ बोत्तल गरी जम्मा २ सय ७७ बोत्तल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवं प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]